Bisal Chautari Logo

‘धुम ३’ले बलिउड बक्सअफिसको सबै रेकर्ड तोड्दै

- ७ पुष २०७०, आईतवार १६:४४ मा प्रकाशित


            २ दिनमा १०९ करोड कमायो    
मुम्बई :
अभिनेता अमिर खान र अभिनेत्री कट्रिना द्धारा अभिनित चलचित्र तथा यशराज ब्यानरद्धरा निर्मित बलिउड चलचित्र ‘धुम ३’ले प्रर्दशनको दुई दिनमै चमत्कारी व्यावसाय गरेको छ । चलचित्र ‘धुम ३’ले अहिले सम्मका बलिउडका सबै रेकर्डहरु तोड्दै दुई दिनमै १०९ करोड भारु को ब्यावसाय गरेको छ ।
चलचित्र ‘धुम ३’को रिलीज हुनुभन्दा तीन महिना अगाडीदेखी चर्चा सुरु भएको थियो । चलचित्रको व्यावसाय बलिउडमा तहल्का मच्चाउने सबै चलचित्रकर्मि तथा बलिउडका चलचित्र समिक्षकहरुले अड्कल काटेको थिए, र सो कुरा सावितपनि भयो । चलचित्र ‘धुम ३’ विश्वभर गत शुक्रवारदेखी रिलीज भएको थियो । १०९ करोड भारु कमाई चलचित्र ‘धुम ३’को वल्ड वाईड कमाई हो । चलचित्र ‘धुम ३’ले पहिलो दिन शुक्रवार नै भारतमा मात्र ३६ करोड भन्दा धेरै कमाएको थियो । जुन कमाई बलिउडमा अहिले सम्मकै सबैभन्दा बढि कमाई हो । चलचित्र ‘धुम ३’ले अभिनेता शाहरुख अभिनीत चलचित्र ‘चेन्नाई एक्सप्रेस’को रेकर्ड तोडेको छ । चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले पहिलो सो बाट लगभग ३४ करोड भारुको कमाई गरेको थियो । दुई दिनको कमाईलाई हेरेर अन्दाज लगाईएको छ की एक हप्तामा चलचित्र ‘धुम ३’ले वल्ड वाईड कमाई १९० करोडको ।
चलचित्र ‘धुम ३’को पहिलो दिन शुक्रवार बाहिरी देशहरुबाट २० करोडको कमाई भएको थियो । चलचित्र ‘धुम ३’ पाकिस्तान, अमेरीका र अष्ट्रेलिया जस्ता देशहरुमापनि रिलीज भएको थियो । यस्तै क्रममा चलचित्र ‘धुम ३’को दुई दिनको बाहिरी देशको कमाई मात्र ५६ करोड भएको थियो ।
watch this bisal chautari youtube video

प्रतिक्रिया