Bisal Chautari Logo

हेटौडामा इन्दिराले मध्यरातमा ‘म त लोकल ब्यूटी’ गाउदा दयाहाङ, सौगात र प्रियंका किन झुमे ? (फोटो फिचर)

- ३० कार्तिक २०७१, आईतवार १५:४८ मा प्रकाशित


nepali movie fanko song ma ta local beauty indira joshi, dayahang rai saugat malla and Priyanka Karki
विशाल राई
हेटौडा, २०७१, कात्तिक ३० आइतबार । नेपाली चलचित्र क्षेत्रमा अहिले ब्यास्त सेलिब्रेटिहरु मध्ये अभिनेतादय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीपनि हुन् । यी तिनै सेलिव्रेटिहरु चलचित्रमा धेरै ब्यास्त रहेका छन् । समाचारहरुमापनि यी तिनै सेलिव्रेटिहरु पानी खान समेत नभ्याउने अवस्था रहेको हेर्न सुन्न पाइन्छ । तर यी तिनै सेलिव्रेटिहरु भने हिजो कात्तिक २९ गते हेटौडाको एक रिसोटमा देखिए । त्यही पनि रातको करिव ९ बजेदेखी बिहान ४–५ बजे सम्म । यी तिनै सेलिव्रेटिहरु अहिलेका चर्चित गायिका इन्दिरा जोशीको कन्र्सटमा झुम्न ब्यास्त रहेका थिए ।nepali movie fanko song ma ta local beauty indira joshi, dayahang rai saugat malla and Priyanka Karki
प्रसंग थियो चलचित्र ‘फन्को’को एक गीतको छायांकनको । रिगल हेटौडा रिसोटमा चलचित्र फन्कोको ‘म त लोकल व्यूटी लोकल, म त लोकल क्यूटी लोकल’ बोलको गीतको छायांकन गरिएको थियो ।nepali movie fanko song ma ta local beauty Priyanka Karki हेटौडाको करिब २ सय भन्दा बढी बासिन्दा रिसोर्टको वरपर भेला भएका थिए । बेलुकी ७ बजेपछी चर्चित गायिका ईन्दिरा जोशी स्टेजमा देखिइन् । चलचित्रको गीतमा धेरै स्वर दिएपनि गायिका जोशीले नै अभिनय गरेको गीत भने यो पहिलो हो । आफ्नै म्यूजिक भिडियोमा मोडलिङ गर्दै आएकी गायिका जोशीका लागी चलचित्र पहिलो अनुभव भएकालेपनि टेक लिदा केही समस्या भयो । त्यसमाथी बढ्दै गरेको रात र जाडोले समस्या थपेको थियो ।
८ जना कोरशका अगाडी गाउदै नृत्य गरिरहेकी गायिका इन्दिरा जोशीलाई नृत्य निर्देशक कविराज गहतराजले डान्सका स्टेप सिकाउदै थिए, त कहिले कट भन्थे । उता यस गीतका चर्चित संगीतकार चेतन सापकोटा भने मख्ख थिए । संगीतकार चेतनले छायांकनरत गीतले दर्शकलाई नयाा टेष्ट दिने बताए । चेतनले चलचित्र ‘फन्को’का सबै गीत राम्रो भएको बताउदै दर्शक श्रोताले माया गर्ने विश्वास लिएको बताए । यस गीतको छायांकन स्थलमा उनलाई सर्वाधिक व्यस्त देखिएको थियो । काठमाण्डौबाट संचारकर्मीलाई बोलाउनेदेखि सम्पूर्ण व्यवस्थापन गर्न उनी लागीरहेका थिए । एकपछी अर्को सिनेमाका गीतहरु हिट भइरहेको समयमा सुटिङ भइरहेको गीतको संगीत राम्रौ भएको तारिफ संगीतकार चेतनले पाइरहेका थिए । संगीतकार सापकोटाले छविराज ओझको सिनेमा लज्जामा संगीत गरेको गीत ‘मात लाग्यो मात लाग्यो’ अहिले चर्चामा रहेको छ ।nepali movie fanko song ma ta local beauty indira joshi, dayahang rai saugat malla and Priyanka Karki (5)
एक्सन र कट लिदै गायिका इन्दिरा नाच्दै गर्दा उनको गीत सुन्न र नाच हेर्न रिगल हेटौडा रिसोर्ट परिसरमा २ सय भन्दाबढी दर्शक भेला भएका थिए । स्टेजमा इन्दिराले गाइरहदा उनको नृत्य हेर्न एक्कासी अभिनेतादय दयाहाङ राई। सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको देखिए । त्योपनि दर्शकदिर्घामा ।
चलचित्रका निर्देशक सुवर्ण थापाले बताए अनुसार चलचित्रमा गायिका इन्दिरा जोशी आफ्नो वास्तविक नामबाट कन्सर्टमा सहभागी भएकी हुन्छिन् । तर दयाहाङ, सौगात र प्रियंका भने राजमार्गबाट भाग्दै आएका तिन पात्रको रुपमा कन्सर्ट हेर्न पुग्छन् ।’ सुवर्णले भने‘ – मैले यो पटक पूर्ण रुपमा व्यवसायिक चलचित्र बनाएको हु । व्यवसायिक चलचित्र बनाएर दर्शक र निर्मातालाई खुशी बनाउने विस्वास छ’, निर्देशक सुवर्णले भने । यसअघि थापाले ‘सुनगाभा’ चलचित्र बनाएका थिए ।

[gss ids=”6381,6387,6384,6385,6389,6383,6382,6386,6392,6380″]

उता चलचित्रका निर्माता नरेन्द्र महर्जन आफ्नै ठाउमा आफ्नै चलचित्रको एक गीतका भब्य सेट देखेर मंख रहेका थिए । रातभर चलेको यो गीतको छायांकन आज सकिएको संगीतकार चेतन सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया