Bisal Chautari Logo

स्व. आलोकलाई सम्झिदै आत्महत्याको कथामा ‘चंखे शंखे पंखे’को निर्माण घोषणा

- २५ कार्तिक २०७१, मंगलवार १६:११ मा प्रकाशित


sudarshan thapa Chankhe Sankhe pankhe nepali movie
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २५ मंगलबार । स्वर्गीय निर्देशक आलोक नेम्वाङलाई एक मिनेट मौनधारण गरेर सम्झिदै अभिनेता समेत रहेका निर्देशक सुर्दशन थापाले आफ्नो नयाा चलचित्रको घोषणा गरेका छन् । काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी आत्महत्याको कथामा चलचित्र बन्न लागेको निर्देशक थापाले बताए । चलचित्रको नाम रहेको छ, ‘चंखे शंखे पंखे’ ।sudarshan thapa Chankhe Sankhe pankhe nepali movie
निर्देशक सुर्दशनको यो छैठौं सिनेमा हो भने, उनी दास्रो चोटी मुख्य कलाकारको रुपमापनि प्रस्तुत हुदैछन् । सुर्दशनले आलोकको अन्तिम चलचित्र अझै पनि बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । जुन चलचित्र आउादो फाल्गुन १५ देखि प्रर्दशनमा आउदैछ ।
कमेडी फर्मुलामा रहेर राष्ट प्रेम झल्कने गरी निर्माण हुन लागेको उक्त चलचित्रको पंखेको क्यारेक्टरमा सुर्दशन थापा देखिने छन् भने चंखेको रोलमा अर्का अभिनेता सुवास थापा र शंखेको भूमिकामा नव अभिनेता प्रेम पुरी देखिनेछन् । उता अभिनेत्रीतर्फ भने नन्दिता केसी र पूजा शर्मा देखिनेछन् । कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता सुदर्शन थापाले चलचित्रले पहिलो पाटोमा दर्शकलाई हसाउने र दोस्रो पाटोमा राष्ट्रप्रेम बोल्नेछ । बढ्दै गएको आत्महत्याको कथामा चलचित्र घुम्नेछ । बेरोजगार ३ पात्रको आत्महत्याको योजना र उनीहरुले अवसर पाएको खण्डमा देशका लागि के सम्म गर्न सक्छन् भन्ने कथामा चलचित्र बन्नेछ’, निर्देशक थापाको प्रष्ट्याए । चलचित्रको लगानी ८० लाख रहनेपनि निर्देशक थापाले नै बताए । नव–निर्माता सन्तोष सेन ठकुरीले चलचित्र क्षेत्रमा केही गरौ भनेर आफू आएको र सिनेमासंग सम्वद्ध सबैसंग सहकार्य गरेर अगाडी बढ्नेपनि दाबी गरे ।

त्यस्तै अभिनेत्री नन्दिताले कार्यक्रममै बोल्दै यो चलचित्रमा आफू फरक भूमिकामा देखिन लागेको बताइन् । यस्तै प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, ध्रुव कोइराला र रविन्द्र खड्कापनि चलचित्रको मुख्य भूमिकामा रहने बताईएको छ । यहि बिहिवार देखि छायााकन सुरु हुने चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् ।

[gss ids=”6348,6350,6349″]

चलचित्रमा तारा प्रकाश लिम्बुको ३ वटा संगीतमा गीत रहनेद्ध भने यस चलचित्रमा गोविन्द राईले नृत्य निर्देशन गर्दैछन् । द्धन्द अष्ट महर्जनको रहनेछ । चलचित्रको सम्पूर्ण छायााकन काठमाण्डू उपत्यकामा हुने निर्देशक थापाले बताए । चलचित्रलाई नयाा निर्माता सन्तोष सेन ठकुरीको कम्पनी आसुसेन फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको हो । ठूलो जोश बोकेर आएका यी नयाा निर्माताले बोलेर भन्दा उत्कृष्ट फिल्म बनाएर उद्योगका लागि एउटा ईटा थप्ने प्रयास सधै रहने तर्क गरेका छन् ।
sudarshan thapa Chankhe Sankhe pankhe nepali movie
The comedy genre movie which also shows love towards nation features Subash Thapa, Prem Puri, Puja Sharma, Nandita Kc, Raja Ram Paudel, Pramod Agrahari, Shyam Rai, Dhurba Koirala and Rabindra Khadka.

प्रतिक्रिया