Bisal Chautari Logo

megharaj mangrati को ‘अनमोल सृष्टी’ बिमोचीत

- ९ पुष २०७०, मंगलवार १६:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ९ पुस ।
नव गायक मेघराज मगरातीको एल्बम ‘अनमोल सृष्टी’ बिमोचन गरिएको छ । काठमाडौमा एक कार्यक्रमको विच एल्बमको विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा महानायक राजेश हमाल र संगीतकार तथा कार्यक्रमका विशिष्ठ अतिथि शम्भूजित बास्कोटाले गरेका थिए ।
एल्बम बिमोचन गर्दै हमालले मेघराजले ‘एक काम तिन पन्थ’ गरेको बताए । उनले एल्बमको सफलताको लागि शुभकामना समेत दिएका थिए । त्यस्तै सम्भुजित बास्कोटालेपनि गायकलाई शुभकामनासंगै लगनशिलतापनि दिन आग्रह गरे ।
एल्बमसँगै कार्यक्रममा डीभीडी पनि बिमोचन गरिएको थियो । ५ वटा गीत मध्ये एक गीतको म्यूजिक भिडियोमा हमालले पनि अभिनय गरेका छन् । वल्र्ड वाइड ईन्टरटेन्मेन्ट क्रियशनको ब्यानरमा तयार भएको यो एल्बमका सबै गीतले दर्शकको माया पाउने विश्वास गरेको मेघराजले बताए । एल्बममा ‘अलिकती खुसि, तड्पियर मृगतृष्ण, तिम्रो नजरको, हजार हुनी र तिम्रो नाममा’ बोको गितहरु समावेश गरिएको छ ।

प्रतिक्रिया