Bisal Chautari Logo

महानायकको चलचित्र हेरेर राजेश नाम राखे – राजेश घतानि

- ९ पुष २०७०, मंगलवार १७:२७ मा प्रकाशित


  EXCLUSIVE feature – rajesh ghatani  
विशाल राई 
काठमाठौ, ९ पुस । पछिल्लो समयमा प्रर्दशन अगाडी नै विभिन्न कारणले चर्चामा रहेको चलचित्र ‘बितेका पल’का पर्दा पछाडिका एक नायक राजेश घतानिपनि हुन् । पहिलो चलचित्र ‘बाटो मुनिको फुल’को अपार सफल्तापछि निर्माता राजेशले करिव ३ वर्षपछि चलचित्र ‘बितेका पल’ निर्माण गरेका हुन् ।
सानैदेखी नेपाली चलचित्र क्षेत्रलाई माया गर्ने राजेशको वास्तविक नाम नेपाली चलचित्र क्षेत्रले नै जुराइदिएको रहेछ । सौर्य संगको एक अन्र्तवार्तामा बताउदै घतानिले आफ्नो वास्तबिक नाम चाहि तेज बहादुर घतानि रहेको बताए । महा–अभिनेता राजेश हमालको डाईहर्ट फ्यान रहेको बताउने निर्माता राजेश घतानीले अभिनेता हमालको पहिलो चलचित्र ‘युग देखि युग सम्म’ हेरेदेखी नै फ्यान रहेको बताए । त्यहि चलचित्र हेरेपछि हमालको फ्यान भएकाले उनलेपनि आफ्नो नामलाई राजेश बताएको घतानिले बताए । 
गाउ घरमा हुने प्रायजसो चाडपर्वको कार्यक्रमहरमा अभिनय गर्ने, नृत्य गर्ने लगायत बच्चैदेखी गर्ने गरेको राजेश घतानिले बताए । स्कुलहरुमा सडक नाटकमा अभिनय गर्नमा आफु निकै अगाडि रहेकोपनि चलचित्र ‘बितेका पल’का निर्माता घतानिले बताए । २०५२ सालमा ‘दुखको आसु’ नामक नाटकमा सानो रोलबाट आफुले अभिनयलाई सुरुवात गरेको राजेशले बताए । यस्तै क्रममा स्थानिय क्षेत्रमा २०५७ सालमा एउटा कार्यक्रमको उद्घोषण गर्ने काम मिल्यो । त्यो मौका उनले, कार्यक्रमका उद्घोषकको अनुपस्थितीमा गरेका थिए । त्यहि उद्घोषणको काम निकै प्रसंसनिय भएपछि आफुलाई विधिन्न स्थानिय क्षेत्रबाट उद्घोषणको अफर आउन थालेकोपनि घतानिले बताए । भने–‘मलाई त्यो उद्घोषणपछि करियरमा पछाडि फर्केर हेर्न परेन ।’ उद्घोषण गर्दै जाने क्रममा २०६२ सालतिर उनलाई स्टेज हिरोको उपाधिपनि मिल्यो । त्यहि क्रममा काठमाडौ आउदा जादा साथि अञ्जन नेम्वाङको साथबाट गायक तथा अभिनेता बाबु बोगटिसंग आफ्नो भेट भएको थियो । भेट्ने क्रममा बाबुसंग एउटा परिवारको हिस्सा जस्तै सम्वन्ध कायम हुदै गयो । त्यहि क्रममा गायक यस कुमारसंगपनि चिनजान भयो । धेरै ठाउमा स्टेज कार्यक्रमहरु गर्दा संगै हिड्ने क्रममा व्यावसायिक कामपनि गरौ भन्ने उद्देश्यले एउटा चलचित्र निर्माण गर्ने भन्ने कुरा यस कुमारसंग चल्यो । त्यसपछि हामिले चलचित्र ‘बाटो मुनिको फुल निर्माण गर्‍यौ’, राजेश घतानीले बताए । 
आफु चलचित्र क्षेत्रलाई माया गरेर आएकाले र चलचित्रमा अभिनय गर्छु भन्ने सोचले नै आएकाले चलचित्रमा हिरो बन्ने चाहना धेरै रहेको घतानिले बताए । र अहिलेपनि हिरो बन्ने चाहना रहेको उनले बताए । तर झापामै रहदा साना–साना स्थानिय चलचित्रहरुमा काम गर्ने क्रममा बस्ति, यो दुनिया नामका चलचित्रमा आफुले काम गरेको घतानिले बताए । सबै चलचित्रहरुमा आफुले लिडिङ रोलपनि निभाएको बताए । भने–‘तर चलचित्र ‘दुनिया’मा आफुले गरेको अभिनय हेरेपछि आफैलाई खल्लो लाग्यो ।’ त्यसपछि आफुले चलचित्र खेल्नै छ भने, राम्रो अभिनयका क्लास लिएर मात्र आउने अठोट लिएर चलचित्रमा नदेखिएको राजेश घतानिले बताए । चलचित्र ‘बाटो मुनिको फुल’ हिट भएपछि आफुलाई प्रोड्युसरमै फाप्ने देखेर किन पुन: अर्को चलचित्र निर्माण नगर्ने भन्ने लागेर आफुले चलचित्र निर्माणमै लागेको बताए । 
पौष २६ गते अल नेपाल रिलीजमा आउन लागेको चलचित्र ‘बितेका पल’मा निर्देशक ‘बाटो मुनिको फुल’कै निर्देशक सुरज सुब्बालाई लिनको कारण राम्रो निर्देशन गर्ने क्षमता र राम्रो व्याक्तित्व भएको कारणले पुन काम गरेको राजेश घतानिले बताए । भने–‘चलचित्र ‘बाटो मुनिको फुल’ सकिने वित्तिकै अर्को चलचित्र गर्ने भन्ने सोच बनाएको थियौ । त्यो चलचित्रको नाम थियो ‘बितेका पल’ । चलचित्रको कथा दुई देश विचको कथालाई समेटिएको हुनाले धेरै देशहरुमा गएर अध्ययन गरियो । अन्तमा आएर दार्जिलिङ उपयुक्त ठानेर नेपाल र दार्जिलिङलाई जोडेर चलचित्र निर्माण गरिएको घतानीले बताए । चलचित्रको सुटिङपनि ९५ प्रतिसत सबै दार्जिलिङमै भएको छ । त्योपनि बलिउड चलचित्र ‘बर्फि’को सुटिङ गरिएको स्थानहरुमा । घतानिले भने –‘चलचित्रको गित ‘जव साझ पर्छ’ लाई आफुहरुले चलचित्रको सुटिङ सुरु हुनुभन्दा पहिल्यै देखी राम्रो बनाउने भन्ने सोचेको थियौ । यस गितको सुटिङ गर्ने क्रममा त्यहाको मौसम खराव भएर सरासरी खिच्न सकेनौ । त्यसबेला मौसम खराब भएकाले चलचित्रकी अभिनेत्री केकी अधिकारी, अभिनेता बाबु बोगटि लगायत चलचित्रका केहि प्राविधिकहरु सिकिस्तै विमारीमा पर्नुभएको थियो । केहि दिन हस्पिटल नै भर्ना गर्नपर्‍यो । तर जव चलचित्रको त्यहि गित ‘जव साझ पर्छ’ रिलिज भयो, दर्शकहरुमा माझ हिट भएकाले त्यो विमारीपनमा मलम लगाइएको महसुस भएको छ’,चलचित्रका निर्माता घतानिले बताए । चलचित्रको गित र प्रोमोलाई जतिपनि दर्शकहरुले मनपराउनु भएको छ त्यो भन्दा बढि चलचित्र मनपराउने घतानिले बताए । चलचित्र ‘बाटो मुनिको फुल’ले जति नेपाली चलचित्र क्षेत्रका दर्शकहरुलाई मनोरञ्जन र शिक्षा दियो त्यो भन्दा बढि मनोरञ्जन दिनेमापनिमा आफुले विस्वासका गरेको राजेश घतानिले बताए । 
पौष २६ गतेदेखी नै अन्य ३ वटा चलचित्रहरु प्रर्दशनमा आउन लागेका छन् । दिपकराज गिरीको हास्यप्रधान चलचित्र, स्वर्गिय शिव रेग्मिद्धरा निर्देशित छुट्टै धार बोकेको चलचित्रहरु । तर २६ गते लाग्ने यि चलचित्रहरुसंग प्रतिस्पर्धा नभएर दर्शकहरुसंग प्रतिस्पर्धा रहेको घतानिले बताए । चलचित्रको प्रर्दशन भन्दा दुई हप्ता अगाडि चलचित्र ‘बितेका पल’को रेडकार्पेट प्रमियर सो रहेको छ । चलचित्र प्रिमियर गर्नको कारण चाहि चलचित्रका समिक्षक तथा पत्रकारहरुलाई रहेको घतानिले बताए । चलचित्रको समिक्षा कस्तो छ भन्ने बारेमा प्रीमियरले साथ दिने घतानिले बताए ।
watch this bisal chautari youtube video

प्रतिक्रिया