Bisal Chautari Logo

अनमोल र अनाको ‘जेरी’ सबै दर्शकका लागि, सिनेमा हेर्दा मेलीना रोइन्

- २४ कार्तिक २०७१, सोमबार १४:१७ मा प्रकाशित


 Anmol K.C. and Anna Sharma movie Jerryy
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २४ सोमबार । पछिल्लो समय चर्चामा रहेर रिलिजमा आउन लागेको चलचित्र ‘जेरी’लाई चलचित्र सेन्सर बोर्डले यु सर्टिफिकेट प्रदान गरेको छ । Anmol K.C. and Anna Sharma movie Jerryy
पछिल्लो पुस्ताका दर्शकहरुको मनमा बस्न सफल अभिनेता अनमोल केसी र यसै चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री आना शर्माद्धरा अभिनित चलचित्रबाट प्राय सबै मुख्य कलाकारदेखी निर्देशक सम्म आसाबादी रहेका छन् । अभिनेता अनमोल ‘होस्टेल’बाट पाएको क्रेजका साथै केही ग्यापपछि चलचित्र आउन लागेका कारणपनि उनको चर्चा बढेको छ । प्रेम कथामा आधारीत चलचित्र जेरीलाई अब सबै दर्शकले हेर्न पाउने भएका हुन् ।
‘होस्टेल’ चलचित्र निर्देशन गरेर चर्चामा रहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको चलचित्रलाई मनोज शेरचनले निर्माण गरेका हुन् । चलचित्र हेरेर सेन्सर बोर्डकी सदस्य मेलिना मानन्धर रोएकी निर्माणपक्षले जानकारी दिएको छ । यो चलचित्रमा अनमोल र अनाका साथमा अमालिया शर्मा लगायतका कलाकारहरुको मुख्य अभिनय छ । चलचित्र यही कात्तिक २८ गतेबाट हलमा लाग्दैछ ।

Starring Anmol K.C. , Anna Sharma, Amalia Sharma, Abhishek Man Sherchan, Yash SJB Rana Music: Naren Limbu, Co-Producer : Samrat Prasad Gauchan, Producer : Manoj Sherchan, Writer : Samrat Prasad Gauchan & Hemraj BC Cinematographer : Shailendra D Karki, Colorist : Sudip Shrestha Sound design : Uttam Neupane Editor : Surendra Poudel, Director : Hemraj B.C. NEPALI FEATURE FILM RELEASING ON 28 KARTHIK / 14 NOVEMBER 2014.

प्रतिक्रिया