Bisal Chautari Logo

नेपालको दोस्रो विशाल जितमा कुवेत २६२ रनले पराजित : एसिसी यु–१९

- २४ कार्तिक २०७१, सोमबार १३:२१ मा प्रकाशित


Nepal vs Kuwait cricket 2014Nepal vs Kuwait cricket 2014
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २४ सोमबार । एसीसी यू–१९ प्रिमियर लिगको सोमबारको खेलमा नेपालले कुवेतलाई २ सय ६२ रन अन्तरले पराजित गरेको छ । कुवेतले टस जित्दै ब्याटिङको निम्तो दिएपछि नेपालले ७ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३२५ रनको विशाल रन खडा गरेको थियो । नेपालद्धारा प्रस्तुत ३ सय २६ रनको लक्ष्य पछयाएको कुबेत २७.४ बलमा ६३ रनमा अल आउट भएको हो ।
२१ रन जोडेको अवस्थामा शुरुवाती ३ विकेट गुमाएको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट पारी खेलेपछि आयोजक राष्ट्र कुवेतले विशाल लक्ष्य पाएको थियो । नेपालका लागि असिफ सेखले १११ बलको सामना गर्दै ८७ रन बनाउन सफल भए । नेपालको विशाल स्कोर खडा गर्न नटआउट रहेका सैरभ खनालले विस्फोट पारी खेले । उनले ३५ बलको सामना गर्दै ६४ रन जोडे । त्यसैगरी सन्दिप सुनारले ५६ बलको सामाना गर्दै ४९ रन बनाए ।Nepal-vs-Kuwait-cricket-2014
त्यसैगरी दिपेन्द्र एरीले पनि विस्फोटक पारी खेले । उनले मात्र २० बलको सामना गर्दै ४८ रन जोडे । सन्दिप र दिपेन्द्र अर्धशतक बनाउन १ र २ रनले चुके । त्यसैगरी राजु रिजालले ६३ बलमा ३१ रन जोडे । नटआउट रहेका सुशील कडेलले १ रन जोडे । पहिले ब्याटिङमा उत्रेको नेपालको शुरुवाती भने खराब रह्यो । नेपालका ओपनर प्रेम तामाङ १२ बलमा ५ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परी पेभेलियन फर्के । नेपालका अर्का प्राराम्भीक ब्याट्सम्यान सुनिल धमला ५ बलमा १ रन बनाएको अवस्थामा क्याचआउट भए । तेस्रो क्रममा आएका शंकर राना शून्यमै आउट भएका थिए ।
उनले साउदी अरेबियाविरुद्धको खेलमा ८९ रन बनाउन सफल भएका थिए । कुवेतका लागि साहरुख कुदुसले २, युसुफ, एमएम अली, मोहम्मद मुकदम र बस्समले समान १ र १ विकेट लिए ।

प्रतिक्रिया