Bisal Chautari Logo

थाइल्याण्डको फुकेटमा ‘स्टुपिड मन’को भब्य प्रदर्शन, अन्य सहरमा चाडै प्रदर्शन हुने

- २४ कार्तिक २०७१, सोमबार ०७:३८ मा प्रकाशित


Niraj Baral movie Stupid Mann
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २४ सोमबार । २४ अक्टोबर अर्थात कात्तिक ८ गतेको दिनदेखी रिलिजमा आएको चलचित्र ‘स्टुपिड मन’ अहिले तेस्रो हप्तामा ब्यापार गर्न सफल भइरहेको छ । यही क्रममा चलचित्र ‘स्टुपिड मन’को थाईल्याण्डको फुकेटमा केही दिन अगाडी भब्य प्रर्दशन भएको छ । नेपालीभाषी बर्मेली युबती र नेपाली युबक बीचको प्रेमकथामा आधारित चलचित्रको अधिकांश शूटिंगपनि थाईल्याण्डको फुकेट सहरमा नै भएको थियो । शूटिंगका लागि फुकेटबासी नेपाली तथा नेपालीभाषीहरुले सहयोग गरेका थिए । यस चलचित्रमा फुकेटमा ब्यबशाय गरेर बस्ने नेपाली तथा नेपालीभाषीहरु मनोज राना तथा डियांग लिम्बु उर्फ डेनिएलको समेत भूमिका देख्न सकिन्छ ।Niraj Baral movie Stupid Mann
शुभेक्ष्या ब्यानरको पहिलो प्रस्तुति, निर्माताद्वय निरज बराल र बिबेक शाहीको लगानी रहेको, दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘स्टुपिड मन’ले फुकेटबासि नेपालीहरुको मनमा बस्न सफल भएको हो । ८ नोबेम्बर २०१४ का दिन फुकेटको एस.एफ.सिनेमा, सिटि जंगसिलोन, पतोंगको दुइवटा सिनेमा हलमा एकसाथ प्रदर्सन भएको थियो । ६०० भन्दा बढी दर्शकहरुको माझ एकैपटक दुइ सिनेमा हलमा सफलतापुर्बक प्रदर्शन गरिएको यस चलचित्र हेरी सकेपछि यस चलचित्रप्रति फुकेटबाशी नेपाली तथा नेपालीभाषीहरुले सकारात्मक टिप्पणी गर्दै सबै थाईल्याण्डबासीलाई यो चलचित्र हेर्नका लागि सिफारिश समेत गरेका छन् । प्राप्त समाचारअनुसार थाईल्याण्डको अन्य शहरहरु बैंग्कक, पथाया, कोशोमोइ, कराबी, हुआहिन, खाऊराकमापनि चाडै प्रदर्शन गर्ने योजना रहेको थाहा भएको छ ।
नेपालमा तेस्रो हप्तामा पनि राम्रो सफलता पाई रहेको चलचित्र निर्माता छविराज ओझाले निर्माण गरेको ‘लज्जा’ र बलिउड किङ खान शाहरुख खान अभिनित चलचित्र ‘ह्याप्पी न्यू इयर’संग प्रतिष्पर्धामा उत्रिएको थियो ।

प्रतिक्रिया