Bisal Chautari Logo

‘धुम ३’ले २३३ करोड बढिको कमाई गर्दै

- १२ पुष २०७०, शुक्रबार १०:१६ मा प्रकाशित


मुम्बई : बलिउड अभिनेता अमिर खानको पछिल्लो नयाँ चलचित्र ‘धुम ३’ले बक्स अफिसमा एक–एक गर्दै बलिउडका प्राय धेरै रेकर्डहरु तोडिरहेको छ । गत शुक्रवारदेखी रिलिज भएको चलचित्र ‘धुम ३’ले पाँच दिनमा पाच रेकर्ड बनाएको छ ।
मशहुर ट्रड एनलिस्ट तरण आदर्शले ट्विट गर्दै चलचित्र धुम ३’को बारेमा भनेका छन्, कि शुक्रवारदेखी बुधवार सम्म भारतमा १७४.९७ करोड भारुको कमाई गरेको छ । यस्तै चलचित्र धुम ३’ले विश्वभरको कारोवारको कुरा गर्ने हो भने गत मंगलवार सम्ममा दुई सय करोडको कमाई गरिसकेको थियो । मंगलवार सम्ममा चलचित्र धुम ३’ले कुल २३३.५७ करोड भारुको कारोबार गरेको थियो ।
चलचित्रले भारतमा मात्र होईन, विश्वभर नै धुम मच्चाएको छ । पाकिस्थानको साथ–साथमा चलचित्र धुम ३’ले अमेरिकामापनि ओपनिङ कलेक्शनमा रेकर्ड तोडेको छ । ओपनिङमा चलचित्र धुम ३’ले ३,८८०,००० अमेरिकी डलरको कारोबार गरेको थियो । यस भन्दा पहिला ओपनिङ कमाई अमेरीकामा सबैभन्दा बढि अभिनेता शाहरुख अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेश’ले २,४१६,६१३ डलर कमाई गरेको थियो । चलचित्र धुम ३’ भारतको सबैभन्दा बढि रिलिज भएको चलचित्रपनि बनेको छ । यस चलचित्र करीब ४५०० स्क्रीनमा रिलीज भएको थियो । बिजयकृष्ण आचार्यको डाईरेक्सनमा बनेको चलचित्र धुम ३’मा अभिनेता अमिरसंगै अभिषेक बच्चन, उदय चोपडा र अभिनेत्री कट्रिना कैफ मुख्य भुमिकामा रहेका छन् ।
चलचित्र ‘धुम ३’ले ओपनिङको दिनमा सबैभन्दा बढि कमाई गरेको रेकर्ड बनायो । रिलिजको पहिलो दिन यस चलचित्रले भारमा करिब ३६ करोड सहित दुनिया भरबाट ५७ करोडको कमाई गरेर रेकर्ड बनायो । यस भन्दा पहिला शाहरुख खानको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले ओपनिङको दिनमा ३३.१करोड, सल्मान खानको ‘एक्था ट्राईगर’ले ३२.९२ करोड, ऋतिक रोशनको नया चलचित्र ‘कृष ३’ले २५ करोड कमाई गरेको थियो । 
चलचित्र ‘धुम ३’ आईम्याक्स थियटरमा रिलीज हुने पहिलो हिन्दि चलचित्र बनेको छ । भारतमा करीब पाच आईम्याक्स सिनेमाघर रहेको छ । यस्तै चलचित्र ‘धुम ३’ले अष्ट्रलिया र न्युजिल्यान्डमा सबैभन्दा बढि ब्यापार गर्ने चलचित्रको रेकर्ड बनाएको छ । यस भन्दा अगाडि अष्ट्रलियामा सबैभन्दा बढि कमाई गर्ने चलचित्र ‘३ ईडियट्स’को रेकर्डपनि तोडेको छ । चलचित्रले अहिले सम्म अष्ट्रेलियामा ६.३५ करोडको कमाई गरेको छ ।

प्रतिक्रिया