Bisal Chautari Logo

खोटाङको च्यास्मिटारमा देउसीबाट उठेको पैसाले चुल्हो बनाउने तालिम

- १९ कार्तिक २०७१, बुधबार ०७:१६ मा प्रकाशित


Deusi arises money to build a stove Training in khotang
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १९ बुधबार । खोटाङको च्यास्मीटार–४ दाल्फुमा सुधारिएको चुल्हो बनाउने तालिम सम्पन्न भएको छ । स्थानीय सिर्जनात्मक एकता युवा समुहको बन्दोबस्तमा गाउामा दुई दिने तालिम सम्पन्न गरिएको हो । गाउँलाई घरभित्रको धुँवारहित वडा बनाउने उद्धेश्यले आफ्नै प्रयासमा फरक सतहको सुधारिएको चुल्हो बनाउने तालिम सञ्चालन गरिएको समुहले जनाएको छ ।

Deusi arises money to build a stove Training in khotang
                                                                                      तस्विर : लेखराज राई

तिहारमा देउसी तथा सांगीतिक कार्यक्रम गरेर जम्मा भएको रकमबाट गाउँका प्रत्येक २९ घर परिवारका एक–एक जनालाई सहभागी गराएर तालिमको आयोजना गरिएको समुहका अध्यक्ष रसकुमार राईले बताए । तालिममा समुहका खबिराज राई र लेखराज राईले सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईको प्रमुख आतिथ्य तथा बाहुनीडाँडा मैतुङका पुष्पराज राईको बिशेष आतिथ्यमा तालिम समापन गरिएको थियो । समाचार स्रोत : हाम्रो खोटाङ

प्रतिक्रिया