rajesh payal rai In America, “I Love You to the Rain ‘
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १७ सोमबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक तथा राई इज किङ उपनामले परिचत गायक राजेश पायल राई केही महिना अगाडीदेखी दास्रो साङगीतिक भ्रमणको क्रममा अमेरीकामा रहेका छन् । यहि क्रममा गायक राजेश पायलले ३१ अक्टुबरमा न्युयोर्कमा ‘मेगा स्टार राजेश पायल राई’ नामक एकल सांगीतिक साझमा प्रस्तुत भए । जहाा उनलाई आइ लव यु को वर्षाले थामी नसक्नु भएको थियो ।
न्युयोर्कको अष्टोरियास्थित चियान फेडेरेशन हलमा आयोजित कार्यक्रममा गाइरहदा उनलाई लभ युको वर्षा भयो । उनले पनि ‘लभ यु टु…’ भन्दै उपस्थितसयौं नेपालीलाई मनोरञ्जनसागै आफूसागै नचाए पनि । समासेवी केशवराम राईको संयोजकत्वमा आयोजित कार्यक्रममा गायक राईले चलचित्र र आफ्ना एल्बमका चचिर्त दुई दर्जन बढी गीत प्रस्तुत गरेका थिए । गायक राईका अनुसार दर्शन नमस्ते, नाई न भन्नु ल, धरान धनकुटा भेटेटार, सागर सरी चोखो माया, मोहनी लाग्ला है, दिक्तेल बजार, चौबन्दी चोलीले, तिम्रो मुस्कान, नमाग मसग, छैन तिमी बाहेक, तीन तारा तीनतिर, सिरै फूल, नौजाले मायाले, माथि–माथि लेखबाट लगायत २५ गीतहरु क्रमश प्रस्तुत गरेका थिए । यी गीतहरु प्रस्तुत गर्दा दर्शक चुप लागेर बस्न सकेनन् । सोही क्रममा गायक राईलाई आइ लव यु को वर्षा भएको हो ।
अमेरिकाको विभिन्न स्थानमा एक दर्जन बढी कन्सर्ट गरिसकेका राईको मेगा स्टार दोस्रो एकल सांगीतिक कार्यक्रममा थियो । उनी अझै एक महिना अमेरिकामै ब्यस्त हुनेछन् । गायक राईले विशाल चौतारीलाई बताए अनुसार ‘एक महिना पूरै कार्यक्रममै व्यस्त हुनेछु । कार्यक्रम थपिएको थप्पै छ ।’ तर, यस अवधिमा उनले त्यहा रहेको नेपाली दर्शक श्रोतालाई साङगीतिक मोहनी लगाउन सफल भएका छन् । नेपाली समयअनुसार मंगलबार अमेरिकाको मिचिगनमा उनी प्रस्तुत हुादैछन् । त्यसपछि सानङरन्सिको, रोचेस्टर, बोस्टन, साउथ डाकोटा हुदै क्यानडाको साङगीतिक कार्यक्रम भ्याएर नेपाल फकिर्ने बताएका छन् । गायक राजेश पायल राईले कुराकानिको अन्तमा नेपाली साङगीतिक क्षेत्रलाई सम्वोधन गर्दै भने ‘म जता भएपनि नेपाली साङगीतिक क्षेत्रलाई माया गरिरहने छु र यी सबै कार्यक्रम भ्याएर एक महिनापछि नेपाल आउने छु ।’
प्रतिक्रिया