Bisal Chautari Logo

ऋतिकसंग १ करोड नमागेको सुजनको बयान

- १६ पुष २०७०, मंगलवार ०७:४८ मा प्रकाशित


मुम्बई : बलिउड अभिनेता ऋतिक रोशनकी श्रीमती सुजन रोशनले ऋतिकसंग डिभोर्सको बावजुत १०० करोड रुपैया पैसा मागेको समाचार माथी खण्डन गरेकी छिन् । सुजनले एक बयान जारी गरेर भनेकी छिन्, की यो समाचार बिलकुलै झुट रहेको छ । यो समाचार सुनेर म अझ आफै चकित बनेकी छु । Hrithik-Roshan-Sussanne-Roshan
बलिउडको एक ठुलो पव्लिकेशनले सुजनले ऋितिकसंग डिभोर्सका बावजुत १०० करोड मागेको कुरालाई मुख्य हेडलाईन बनाएर छापिएको थियो । सजनेले भनेकी छिन्, यस समाचारमा कुनै वास्तविकता नरहेको बताउदै, यो समाचार पुरै गलत रहेको बताइकी छिन् । भनेकि छिन्–‘यस्तो ठुलो पव्लिकमा राम्रो इमेज बनाएको मिडियाले यति ठुलो गलत समाचार छाप्नु सही होईन । अनि कुनैपनि व्याक्तिको निजी जिवनको बारेमा समाचार छाप्न हुदैन ।’ Hrithik-Roshan-Sussanne-Roshan-family
ऋितिक र म एकअर्कामा धेरै सम्मान गर्ने गरेकोपनि सजनले बताएकी छिन् । अहिले र पछिको दिनमापनि आफुहरुको फोकस बच्चाहरुमा हुनेपनि बताएकि छिन् । भनिन्–‘एक चोटि सबैलाई अपिल गर्न चाहन्छु कि, हाम्रो जिवनको यस मुस्किल घडिमा थोरै भएपनि प्राईबेसी प्रदान गर्नुहुनेछ ।’ 

प्रतिक्रिया