Bisal Chautari Logo

खोटाङमा १० हजार ऋण काढेर हिडेकी एक महिलाद्धरा भीरबाट हाम फालेर आत्महत्या

- १६ कार्तिक २०७१, आईतवार १२:५० मा प्रकाशित


khotang news suicide
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १६ आइतबार । भीरबाट हाम फालेर खोटाङमा एक महिलाले आत्महत्या गरेकी छन् । च्यास्मिटार–३ सार्पाकी २६ वर्षीया रीता राईले भीरबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।khotang diktel news
‘माइती जान्छु’ भन्दै बिहिबार घरबाट हिडेकी रीताले शुक्रबार भीरबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । माइती जान्छु भन्दै हिडेकी रीता माइती नपुगेको थाहा पाएपछि खोजी गर्नेक्रममा धितुङको राती सामुदायिक वनमा भेटिएकी उनलाई घर फर्काउनेक्रममा भीरबाट हाम फालेर उनले आत्महत्या गरेको जनाइएको छ ।
गाउमा दश हजार ऋण काढेर माइती हिडेकी रीताले हात्महत्या गर्नुको कारण खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए । उपरिक्षकका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । मृत रीताको शव परीक्षणाका लागि आईतबार जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । राईका श्रीमान दुई वर्षदेखि विदेशमा रहेका छन् भने, घरमा एक छोरा छन् ।

प्रतिक्रिया