Bisal Chautari Logo

हिरो पन्तिकी कीर्तिलाई देखेपछि चादनी शर्मा आफैदेखी झुक्किइन

- १४ कार्तिक २०७१, शुक्रबार ०५:१८ मा प्रकाशित


Chadani Sharma and kriti sanon 
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १४ शुक्रबार । बलिउड चलचित्र ‘हिरो पन्ति’की अभिनेत्री कीर्ति सेननलाई देखेपछि अहिले रिलिजमा आएको नेपाली चलचित्र ‘स्टुपिड मन’को अभिनेत्री चादनी शर्मा आफैदेखी झुक्किएकी छिन् । हिजो विहिबार बेलुकीको समयमा अभिनेत्री चादनीलाई विशाल चौतारी डटकमले यी दुई अभिनेत्रीको फोटो एउटै बनाएर पठाएपछि उनी आफैदेखी झुक्किएकी हुन् । उनले यो फोटो पाउना साथ Bishal Rai Hasin ji u made me surprise k lozzzz …. लेखेर आफ्नो अफिसियर फेसबुक प्रोफाइलमा अपलोड गरेकी थिइन् । Chadani Sharma and kriti sanon
अध्ययनका लागी जापानमा रहेकी अभिनेत्री चादनी शर्माले फेसबुकमा कुराकानी गर्दै यो फोटो देख्ने बित्तिकै सप्राइज पाएजस्तो लागेको बताइन् । चादनीले भनिन्– ‘हाम्रो अनुहार मिल्न गएपनि म मेरै नाम चादनी शर्माबाट चिनिन चाहन्छु ।’ अभिनेत्री कीर्ति सेनन बलिउड चलचित्रमा हिरो पन्तिबाट भित्रिएपनि तमिल चलचित्रमा ब्यास्त अभिनेत्री हुन् ।
अभिनेत्री शर्माको यतिबेला चलचित्र ‘स्टुपिड मन’को कारणले नेपालमा व्यापक चर्चा छ । अभिनेता निरज बरालले बनाएको यो चलचित्रको सम्पूण छायांकन थाईल्याण्डमा गरिएको छ । दिवाकर भट्टराई निर्देशित यसै चलचित्रबाट अभिनेत्री चाादनी शर्मा नव अभिनेत्रीको रुपमा अभिनयमा अघि बढेकी छिन् । सात वर्ष अगाडी सुनिल सिंह ठकुरीको पहिलो एल्वम ‘क्रेजी ह्याट’को एउटा गीतमा अभिनय गरेकी थिईन् ।Chadani Sharma and kriti sanon
अभिनेत्री चादनी शर्माले अपलोड गरेको फोटोमा प्राय सबैले बलिउड चलचित्र हिरो पन्ति हेर्दा चादनी जस्तै लागेको लेखेका छन् । १ सय भन्दा माथी लाइक तथा ४० भन्दा माथि कमेन्ट रहेको मध्ये केही कमेन्टहरु यहा प्रस्तुत छ :–

Bishal Rai Hasin ji u made me surprise k lozzzz ….

प्रतिक्रिया