Bisal Chautari Logo

‘तोरी लाहुरे’ रोहितको, मार्सल आर्ट र डान्स विधामा काम गर्ने चाहना

- १७ पुष २०७०, बुधबार १५:३० मा प्रकाशित


       विशाल चौतारी समाचार         
काठमाडौं, १७ पुस ।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा आफ्नो क्षमता अनुसारका कलाकारहरु जन्मन थालेका छन् । तरपनि नेपाली चलचित्र क्षेत्रमा यस्ता धेरै कलाकारहरु जन्मन बाकि रहेको देखिन्छ । यस्तै क्रममा नेपाली चलचित्र क्षेत्रमै १२–१३ वर्षदेखी संर्घस गरीरहेका अभिनेता रोहित रुम्बापनि रहेका छन् ।
२०५९ सालमा चलचित्र ‘द मार्सल आर्ट’बाट अभिनेता रुम्वाले चलचित्रमा डेब्यु गरेका थिए । नेपाली चलचित्र क्षेत्रमा केहि गर्ने उद्देश्यले आएका अभिनेता रुम्बा मार्सल आर्टमा ब्लाक बेल्ट गरेका छन् । मार्सल आर्टको माध्ययमबाट चलचित्र क्षेत्रलाई केहि परिवर्तन गर्ने उद्देश्य अभिनेता रुम्वाले अहिलेपनि छोडेका छैनन् । भन्छन्–‘नेपाली चलचित्र क्षेत्रमा एक दिन न एक दिन मार्सल आर्ट सम्वन्धि चलचित्रलाई व्यावसायिक बनाउने छु ।’ यस्तै अभिनेता रोहित रुम्बा डान्समापनि आफुले नेपाली चलचित्र क्षेत्रलाई धेरै योगदान गर्न सक्ने ठोक्वा गरे । चलचित्रमा आउन भन्दा अगाडि डान्स गरीरहेको बताउने रुम्बाको डान्समा १४–१५ वर्षको अनुभव रहेको बताउछन् ।
आफु डान्स र मार्सल आर्ट विधामा अव्बल रहेपनि यस किसिमका चलचित्र नबनेकाले आफु पछि पर्न परेको बताउछन् । राम्रो ब्यानर नपाएर र यस चलचित्र क्षेत्रमा हात पकर्डने आफ्नो मान्छे नभएरपनि आफु पछि पर्न परेको बताउछन् । उनि ठोक्वाका साथ भन्छन्–‘डान्सिङ चलचित्र बन्यो र आफुलाई चलचित्रमा अभिनय गराए तहल्कै मच्चाउनेछ ।’ नेपालमा मार्डन किसिमको डान्सहरु नभित्रिएकोपनि अभिनेता रुम्बाको रहेको छ । आफु अहिले नेपाली चलचित्र क्षेत्रमा चिनिएकोपनि डान्सकै कारण रहेको बताउछन् । आफुले नेफ्टा अवार्डमा डान्स प्रस्तुत गर्दा धेरै कलाकारहरुले डान्सको प्रसंशा गरेको बताउछन् । उनले अहिले सम्म चलचित्र क्षेत्रमा लागेर ‘चम्पा चमेली, दुई मुटु एक धड्कन, लव इन चाईना र रुद्राक्ष’मा अभिनय गरेका छन्, भने यि चलचिहरु प्रर्दशनपनि भईसकेका छन् । यस्तै अभिनेता रुम्बाले रिलिज हुन बाकि चलचित्र ‘तोरी लाहुरे’, प्रेम बिबाह र भोजपुरी चलचित्र ‘प्यारके रङ हजार’मा अभिनय गरेका छन् ।
आउदो फागुन २३ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’बाट भने अभिनेता रोहित रुम्बा आफ्नो नाम नेपाली चलचित्र क्षेत्रमा चल्ने पुर्ण रुपमा विस्वश्त रहेका छन् । आफुले चलचित्रमा चर्चित कलाकारहरुको माझमा निकै प्रसंशनिय काम गरेको बताउछन् । चलचित्र ‘तोरी लाहुरे’मा आफुले विदेश जानलाई काठमाडौमा आएर गरिएको संर्घस र मेनपावरले पैसा खाएर फसेको युवाको भुमिकामा रहेको बताए । यस भुमिकामा आफुले न्यापुर्ण ढंगले अभिनय गरेकाले आफु चल्नेमा विस्वास रहेको अभिनेता रोहित रुम्बाले बताए ।
चलचित्र ‘तोरी लाहुरे’मा आफुले सिनेमाको एक पात्र मतवालि अनुहार चाहिएकाले डाईरेक्टरले च्वाईज गरेरै लिएको रुम्बाले बताए । यसका अलवा चलचित्रका निर्देशक एनवी महर्जनलाई राम्रोसंग चिनजान भएकालेपनि काम गर्न पाएको बताए । चलचित्रमा अभिनेता रोहित रुम्बाका साथमा गजित बिष्ट, सुवास थापा, आसिस्मा नकर्मि र समुना केसीको मुख्य अभिनय रहेको छ, भने चलचित्रमा दिनेश डिसी, सुसील पोखरेल र दिल कुमार तामाङ ‘वाले’को अभिनय रहेको छ । चलचित्रलाई रोशफी तामाङले निर्माण गरेका हुन् भने चलचित्रका प्रस्तुतकर्ता दिल कुमार तामाङ नै रहेका छन् । चलचित्रलाई रिदम एण्ड दिलीप फिल्मसले प्रस्तुत गरेको छ ।

प्रतिक्रिया