Bisal Chautari Logo

अर्पण र निशाको ‘मुखौटा’मा फस्ट लुक

- १८ पुष २०७०, बिहीबार ०६:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १७ पुस ।
पछिल्लो समयमा फरक क्षमता लिएर आएका अभिनेता अर्पण थापाको निर्देशन रहने चलचित्र ‘मुखौटा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री निशा अधिकारी र चलचित्रका कथाकार समेत रहेका अभिनेता अर्पण थापाको अनुहारलाई देखाइएको छ ।
‘मुखौटा’ का पटकथाकार, कलाकार तथा निर्देशक अर्पण थापाले जनावरी ६ तारिखदेखि चलचित्र सुटिङका लागी फ्लोरमा जाने जानकारी दिएका छन् । चलचित्रको सम्पूर्ण छायाँकन काठमाडौंमा हुने बताइएको छ । डार्क क्राइमको चलचित्रमा अभिनेता अर्पणसँगै अभिनेत्री निशा, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको छ । चन्द्र पन्तको फाइट डिरेक्सन एवं कालीप्रसाद रिजालको संगीत रहेको चलचित्र ‘मुखौटा’मा नरेन्द्र मैनालीको सिनेम्याटोग्राफी रहेको छ । चलचित्रको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् । अभिनेता थापाले यसअघि ‘धन्दा’ चलचित्रमा कथा एवं ‘मौन’ चलचित्रमा पटकथा तयार गरेका थिए ।

प्रतिक्रिया