Bisal Chautari Logo

११ : ३५ बजे आज तिहारको भाइटीका उत्तमम साइत

- ८ कार्तिक २०७१, शनिबार ०३:३६ मा प्रकाशित


happy diwali vaitika in nepal
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ७ शुक्रबार । तिहारको पाचौ दिन आज भाइटीका पर्व ११ : ३५ बजे आजको तिहारको भाइटीका उत्तम साइत रहेको छ । दिदीबहिनीहरुले आफ्नाना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङगी टीका लगाई मनाइदैछ ।happy diwali vaitika in nepal
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङगी टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
सप्तरङगी टीका भनेर विभिन्न ढङगले प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङग रातो, सेतो, पहेलो, हरियो र नीलो गरी पाँचवटा भनि उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धामिर्क परम्परा छ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको मन्दिर खुलाइने प्रचलन पनि रहिआएको छ । यो मन्दिर आजैका दिनमात्र खुल्दछ । दिदीबहिनी नहुनेहर आज यसै मन्दिरमा गई टीका लगाउने गर्दछन् ।

प्रतिक्रिया