Bisal Chautari Logo

नेफ्टा हङकङ अवार्ड : अर्पण र केकी उत्कृष्ट, धन्दाको बर्चश्व

- ६ कार्तिक २०७१, बिहीबार १५:१३ मा प्रकाशित


NEFTA award 2014 arpan thapa and keki adhikari 
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ४ मंगलबार । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) द्धारा गत सोमबार राति हङकङमा आयोजित नेफ्टा अवार्डमा अर्पण थापा र केकी अधिकारी उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् । अभिनेता अर्पणले फिल्म ”धन्दा” का लागि सो अवार्ड पाउदा अभिनेत्री केकीले ”बितेका पल” बाट आफ्नो पोल्टामा पारेकी हुन् । arpan thapa and keki adhikari NEFTA award 2014
३१ विधाका लागि बाँडिएको अवार्डमा फिल्म ”धन्दा” ले सबैभन्दा धेरै पाँच अवार्ड जितेको छ । उत्कृष्ट फिल्मसहित उक्त फिल्मले निर्देशक (सुदर्शन थापा), अभिनेतारकथा (अर्पण थापा) र मेकअपमा निमा लामाले अवार्ड जित्यो । स्थानीय संस्था ग्रेट पर्फेक्टको इभेन्ट म्यानेजमेन्ट रहेको अवार्ड कार्यक्रम राति पौने नौ बजेदेखि साढे एक बजेसम्म चलेको थियो । चिम सा चोयस्थित चारतारे बीपी इन्टरनेसनल होटलमा झन्डै एक हजार दर्शक सहभागी उक्त अवार्ड कार्यक्रममा नम्रता श्रेष्ठ र जीवन लुइँटेलले पपुलर आटिस्र्ट अवार्ड जिते । ”छ एकान छ” लाई फिल्मतर्फको पपुलर अवार्ड दिइयो । नेफ्टा हङकङमा आयोजित नेपाली फिल्मसम्बन्धी पहिलो अवार्ड हो । नायक राजेश हमालले ओपनिङ गरेको कार्यक्रममा दीलिप रायमाझी, केकी अधिकारी, गौरव पहारी, सुदर्शन थापा, निता ढुंगाना र पूजा शर्माको प्रस्तुतिसँगै माहोल तातेको थियो । हङकङकै स्थानीय माइनस ब्यान्डसहित नन्दिता केसी र मलिना जोशीको नृत्य, सत्य–स्वरपराज आचार्यको गायन, शम्भुजित बाँस्कोटाको क्लासिकल गीतहरको प्रस्तुतिले दर्शकमा उत्साह थपेको थियो । फिल्म ”प्रोड्युसर” बाट हास्यकलाकारको अवार्ड थाप्न आएका विल्सनविक्रम राईले उपस्थितमा हाँसोको फोहोरा छुटाए । arpan thapa and keki adhikari NEFTA award 2014 (4)
”मोक्ष” फिल्मलाई जुरी अवार्ड दिइएको अवार्डमा गौरव पहारीले ”मञ्जरी” र पूजा शर्माले ”मधुमास” बाट नवअभिनेतारअभिनेत्रीको अवार्ड थापे । नवनिर्देशकको अवार्ड फिल्म ”मौन” बाट सुरज भुसालले पाउँदा नायक स्वतन्त्रप्रताप शाहलाई प्रोत्साहन पुरस्कार दिइएको थियो । नेफ्टाले यस वर्ष संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री करिश्मा मानन्धर र आन पूर्वअध्यक्ष निर्मलराज पौडेललाई क्रमश : महान् संगीतकार, सदाबहार नायिका र विज्ञापनगुरुको उपाधिले सम्मान गर्‍यो । त्यसबाहेक ग्रेट पर्फेक्टले अभिनेता भुवन केसीलाई र एनआरएन हङकङले रमेश खरेललाई विशेष सम्मान गरेको थियो ।arpan thapa and keki adhikari NEFTA award 2014 (2)
फिल्म ”सुनगाभा” ले पटकथा (सुवर्ण थापा) मा मात्रै चित्त बुझाउँदा फिल्म ”नाइँ नभन्नु ल २” ले सहअभिनेत्री (प्िरयंका कार्की), बालकलाकार (अनुभव रेग्मी), गीत (कृष्णहरि बराल) विधामा अवार्ड जित्यो । त्यसैगरी फिल्म ”छ एकान छ” बाट सन्दीप क्षेत्री (सहअभिनेता), दीपकराज गिरी (संवाद) र एलिस कार्की –ब्याकग्राउन्ड स्कोर) ले अवार्ड थापे । चरित्र अभिनेतारअभिनेत्रीतर्फ दुवै अवार्ड फिल्म ”साँघुरो” बाट दयाहाङ राई र अरुणा कार्कीले पाए । कार्यक्रममा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली प्रकट गर्दै नृत्य पस्किइएको थियो । श्रेष्ठसँगको सफल जोडी मानिने अभिनेत्री झरना थापाले श्रेष्ठ अभिनीत फिल्मका गीतमा दीलिप रायमाझी, जीवन लुइँटेल र सुदर्शन थापासँग मिलेर नृत्य पस्किएकी थिइन् ।arpan thapa and keki adhikari NEFTA award 2014 (1)
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले उद्घाटन गरेको अवार्ड कार्यक्रममा खलपात्रको अवार्ड पनि फिल्म ”कोही त छ” बाट झरना थापाले नै जितिन् । गायकरगायिकाको अवार्ड क्रमश : स्वरपराज आचार्य –रिदम) र मिलन अमात्य –नोटबुक) ले पाउँदा संगीतकारको अवार्ड फिल्म ”रिदम” बाटै वसन्त सापकोटाले जिते । छायाकारमा ”वधशाला” खिच्ने शैलेन्द्रध्वज कार्की अब्बल ठहरिए भने सम्पादकमा ”कर्कश” बाट लोकेश बज्राचार्य भाग्यमानी रहे । त्यसैगरी, म्युजिक एरेन्जमेन्टमा नवक्रान्ति ब्यान्ड (मोक्ष), साउन्ड मिक्सिङ दीप तुलाधर (प्रोड्युसर), ड्रेस डिजाइरन निलिमा शर्मा (बितेका पल), द्वन्द्व निर्देशक हिमाल केसी (वार) र नृत्य निर्देशकमा रिनेशा राई (भिसा गर्ल) बाट अब्बल ठहरिए । कला निर्देशकका लागि हितमान शाक्य र शैलेश राजभण्डारी (मौन) ले संयुक्त अवार्ड पाए । कार्यक्रममा नेपाल संयोजन गरेको एसके थापा प्रोडक्सनले होमप्रोडक्सनमा बन्न लागेको फिल्म ”ए मेरो हजुर २” को निर्माण घोषणा पनि गर्‍यो । नायिका झरना थापाले पहिलोपटक निर्देशन गर्न लागेको उक्त फिल्ममा अनमोल केसी र स्वतन्त्रप्रताप शाह मुख्य भूमिकामा हुनेछन् भने निर्माण सुनीलकुमार थापाको रहने जनाइएको छ । सफल फिल्म ”ए मेरो हजुर” मा भने स्वयं झरनाका साथमा श्रीकृष्ण श्रेष्ठको जोडी रहेको थियो । नेफ्टाले पहिलोपटक आदिवासी चलचित्रलाई समेत अवार्ड प्रदान गरेको थियो ।
सर्वोत्कृष्टहरु क्रमश :
फिल्म : धन्दा
निर्देशक : सुदर्शन थापा (धन्दा)
अभिनेता : अर्पण थापा (धन्दा)
कथा : अर्पण थापा (धन्दा)
मेकअप : निमा लामा (धन्दा)
अभिनेत्री : केकी अधिकारी (बितेका पल)
लोकप्रिय अभिनेता : जीवन लुइटेल
लोकप्रिय अभिनेत्री : नम्रता श्रेष्ठ
जुरी अवार्ड : मोक्ष
पपुलर फिल्म अफ दि इयर : छ एकान छ
डेब्यु निर्देशक : सुरज भुसाल (मौन)
डेब्यु अभिनेता : गौरव पहारी (मञ्जरी)
डेब्यु अभिनेत्री : पूजा शाह (मधुमास)
सहायक अभिनेता : सन्दीप क्षेत्री (छ एकान छ)
सहायक अभिनेत्री : प्रियंका कार्की ( नाइ नभन्नु ल २)
चरित्र अभिनेता : दयाहाङ राई (साघुरो)
चरित्र अभिनेत्री : अरुण कार्की (साघुरो)
खलपात्र : झरना थापा (कोही त छ)
बालकलाकार : अनुभव रेग्मी (नाइ नभन्नु ल २)
हास्यकलाकार : विल्सनविक्रम राई (प्रोड्युसर)
पाश्र्व गायक : स्वरुपराज आचार्य (रिदम)
पाश्र्व गायिका : मिलन अमात्य (नोटबुक)
बेस्ट एरेन्जमेन्ट : नवक्रन्ति ब्यान्ड (मोक्ष)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (छ एकान छ)
संगीत : बसन्त सापकोटा (रिदम)
गीतकार : कृष्णहरि बराल (नाइ नभन्नु ल २)
छायांकार : शैलेन्द्र डी कार्की (वधशाला)
सम्पादक : लोकेश बज्राचार्य (कर्कश)
ध्वनि : दीप तुलाधर (प्रोडयुसर)
दन्द्ध : हिमाल केसी (वार)
नृत्य निर्देशक : रिनेशा राई (भिसा गर्ल)
कला निर्देशक : हितमान शाक्य र शैलेश राजभण्डारी (मौन)
पोसाक : निलिमा शर्मा (बितेका पल)
संवाद : दीपकराज गिरी (छ एकान छ)
पटकथा : सुवर्ण थापा (सुनगाभा)
प्रोत्साहन अवार्ड : स्वतन्त्रप्रताप शाह

Award winning movies and their award titles are:

Dhanda – Best Writer Award, Best Makeup, Best Actor Award, Best Film Award, Best Director Award
Soongava – Best Script Award
Chha Ekan Chha – Best Dialogue, Best Background Music, Best Co-Artist (Male), Popular Film
Biteka Pal – Best dress, Best Actress Award
Moun – Best Art Direction, Best New Director
Visa Girl – Best Choreogrphy
War – Best Action Direction
Producer – Best Sound Mixing
Badhshala – Best Cinematography,
Nai Nabhannu La 2 – Best Lyrics, Best Child Artist, Best Co-Artist (Female)
Rhythm – Best Music, Best Playback Singing (Male)
Mokshya – Best Music Arranger, Jury Award
Kohi Ta Chha – Best Actor in Negative Role
Sanghuro – Best actor in Character Role, Best actress in Character Role
Manjari – Best New Actor (Male)
Madhumash – Best New Actor (Female)

प्रतिक्रिया