Bisal Chautari Logo

सुनिल थापा मेरी कोमपछि पुन बलिउडमा || यशराज फिल्मस्को व्यानरमा अनुबन्ध हुनसक्ने

- ४ कार्तिक २०७१, मंगलवार १४:०५ मा प्रकाशित


sunil thapa work yash raj films
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ४ मंगलबार । वल्ड च्याम्पियन बक्सर खेलाडी मेरी कोमको जिवनीमा बनेको चलचित्र ‘मेरी कोम’को सफल्तापछी अभिनेता सुनिल थापा पुन बलिउड चलचित्रमै देखिने भएका छन् । अभिनेत्री प्रियंका चोपडाको बक्सिङ गुरु बनेका अभिनेता सुनिल थापाले यशराज फिल्मस्को व्यानरमा बन्न लागेको सिनेमामा अनुबन्ध भएको हुनसक्ने बताइएको छ । sunil thapa work yash raj films
भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससगको संक्षिप्त कुराकानीमा अभिनेता थापाले नया चलचित्रमा काम गर्ने कुराको खुलासा गरेका हुन् । थापाले भनेका छन्,‘मैले बलिउडको एक ठूलो व्यानरमा काम गर्नका लागि साइन गरिसके’ । तर चलचित्रको बारेमा अन्य कुरा बताउन नचाहेनको हिन्दुस्तान टाइम्स्लाई अभिनेता थापाले बताएका छन् । उनले नेपाली ढाका टोपी लगाए ओस्कार अवार्डमा सहभागी भएर अवार्ड जित्ने चाहना व्यक्त गरेका छन् । नेपाली दर्शकले जहिले पनि आफुलाई ‘भिलेन’को रुपमा हेर्न चाहेको दाबी गरेका छन् ।

प्रतिक्रिया