Bisal Chautari Logo

खोटाङमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्नेलाई बाटो मर्मत गराईयो

- ४ कार्तिक २०७१, मंगलवार ०९:३० मा प्रकाशित


khotang diktel news
विशाल चौतारी समाचार
खोटाङ २०७१, कात्तिक ४ मंगलबार । खोटाङको च्यास्मीटारमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने छ जनालाई बाटो खनाइएको छ । मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको च्यास्मीटार–४ दाल्फुमा जााड रक्सी बनाउने एक जना, खुवाउने एक जना र सेवन गर्ने चार जनालाई गोरेटो बाटो खनाइएको हो । khotang diktel newsनिषेधित क्षेत्रमा जााडरक्सी बनाउने, खुवाउने र खानेलाई सजाय स्वरुप गाउाको गोरेटो बाटो मर्मत गराइएको स्थानीय सिर्जनात्मक एकता युवा समुहका अध्यक्ष रसकुमार राईले जानकारी दिनुभयो । समुहको आव्हानमा गाउामा आयोजना गरिएको भेलाको निर्णय अनुशार मादक पदार्थ बनाउने, खुवाउने र खानेलाई कारबाही गरिएको समुहले जनाएको छ । उनीहरुलाई सोमबार गाउाकै सेरेम्पाबारीदेखि पांग्रा खोलासम्मको बाटो मर्मत गराइएको राईले बताउनुभयो ।
जााडरक्सीको प्रयोगबाट हुने व्यक्तिगत तथा सामाजिक हानीनोक्सानीबाट सबैको बचाउ गर्दै गाउामा कुलत तथा दुव्र्यासनी न्यूनीकरण गर्नकालागि समुहले गाउामा मादक पदार्थ बिक्री बितरण तथा सेवनमा रोक लगाएको छ । आफ्नो गाउालाई मदिरा निषेधित क्षेत्र बनाउने उद्धेश्य सहित समुहले गाबिसका राजनैतिक दल, गाबिस, प्रहरी चौकी, स्वास्थ्य चौकी, संघसंस्था, बिद्यालय लगायतको समर्थनमा कुलत बिरुद्धको अभियान थालेको हो । गाउामा खुलेआम बिक्रीबितरण हुने जााडरक्सीका कारण समाजमा झै–झगडा, हो–हल्ला तथा सामाजिक बिकृति फैलिन थालेपछि त्यसलाई रोकथाम गर्न गाउामा मादक पदार्थ निषेधको अभियान थालिएको समुहका सचिव खबिराज राईले बताउनुभयो । युवा समुहले सिमाना तोकेर दाल्फु क्षेत्रभित्र जााड रक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो ।

प्रतिक्रिया