Bisal Chautari Logo

राजेशको १ लाख ५० हजारको ‘एटम बम’ (फोटो फिचर सहित)

- २२ पुष २०७०, सोमबार १३:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २२ पुस ।
बालुवाखानीमा अभिनेता निरज बराल र मोडल दिप्तीराज भण्डारी मायाका कुराहरुलाई एटम बम झै दर्साई रहेका थिए । तर यि दुई जोडिले बास्तबिकतामा नभएर चर्चित गायक राजेश पायलको पछिल्लो एल्बम ‘दर्शन नमस्ते २’ को दास्रो म्युजिक भिडियोको गितमा एटम बम दर्साइरहेका थिए ।
‘एटम बम’ बोलको गितमा अभिनेता बरालसंग मोडल दिप्तीले अभिनय गरेका छन् । केहि समयपछि सुटिङ भईरहेको गितका गायक राजेश पायल आएका थिए । यो भन्दा पहिलो म्युजिक भिडियो ‘छैन तिमी बाहेक’बोलको गितमा आफै अभिनय गरेका गायक राईले यस म्युजिक भिडियोमा भने अभिनेता निरजलाई लिएका छन् । पहिलो गित सामाजिक सञ्जाल तथा दर्शकहरुमा चर्चित रहेको समयमा यो एटम बम बोलको म्युजिक भिडियोले अझ दर्शकहरुलाई मनोरञ्जन दिने गायक राईले बताए । सो म्युजिक भिडियो गितको बारेमा बताउदै गायक राईले भिडियोमा माया धेरै भएपनि प्रब्लम माया थोरै भएपनि प्रब्लम, त्यसैले माया एटम बम रहेको दर्शाईने बताए । गितले माया एक एटम बम भन्ने सन्देश दिने गायक राईले बताए । करिव १ लाख ५० हजारको लगानिमा बनिरहेको म्युजिक भिडियोलाई प्रदिप निरौलाले निर्देशन गरिरहेका छन् ।
राजेन्द्र थापाले रचना गरेको गितलाई महेश खड्काले संगित दिएका छन् । त्यस्तै यस म्युजिक भिडियोलाई हरी हुमागाईले क्यामेरा खिचेका हुन् भने कोरीयोग्राफि गम्भिर विष्टले गरेका हुन् ।

प्रतिक्रिया