Bisal Chautari Logo

सरी लको दिपावली कार्यक्रममा कस्को यस्तो अवतार ? देउसी भट्टयाउने को ?

- ३१ आश्विन २०७१, शुक्रबार १३:४५ मा प्रकाशित


Sorry La nepali movie Rajan Khatiwada
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ३१ शुक्रवार । यस वर्षको आउदै गरेको तिहार दिपावली नजिकीएको चलचित्र ‘सरी ल’को कार्यक्रमले दिलाएको छ । कात्र्तिक २१ गते प्रदर्शन हुने चलचित्र सरी लले दिपावलीको शुभ–कामना आदान प्रदान गरेको छ । सोही अवसरमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले देउसी भट्टयाएपछि हलका सहभागीले देउसी रे। भने । यो माहोल सुन्दा लाग्थ्यो तिहारमा देउसी खेलिरहेको छौ भन्ने ।Sorry La nepali movie Rajan Khatiwada
अनामनगरस्थित मण्डला थिएटरमा आयोजित प्रेसमिटमा सरी ल युनिटले उपस्थित पत्रकारहरुलाई सयपत्री फूलको माला लगाइएको थियो । Sorry La nepali movie Rajan Khatiwada (1)निर्देशक ऋषि लामिछानेले दिपावलीको अवसरमा शुभकामना आदन प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताए । निर्देशक लामिछानेका अनुसार चलचित्र सरी ल ले सामाजिक सञ्जाल फेसबुक प्रयोगले पार्ने प्रभावलाई मुख्य रुपमा उठाइए बताए ।
कार्यक्रममा अभिनेता राजन खतिवडा नाङगो शरीरको आधा भागमा सेतो र कालो रंगमा सरी ल पोतेर आएका थिए । कार्यक्रममा केही फरक गर्न यस्तो फरक गेटअप गरिएको बताए । मण्डला नाटक घरका साथीले आधा घण्टा लगाएर राजनलाई उक्त अवतारमा प्रस्तुत गरेका थिए ।
चलचित्र सरी लमा राजन खतिवडासंगै अभिनेता सुवास थापा र अनिता आचार्यको मुख्य भूमिका छ । अञ्जु केसीको प्रस्तुती रहेको चलचित्रमा कृष्ण बहादुर महर्जनको लगानी छ । रामशरण उप्रेतीको छायाकन रहेको यो चलचित्रमा बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत छ । दन्द्ध निर्देशक रोशन श्रेष्ठ हुन्, भने चलचित्रको काठमाडौ डिस्ट्रिब्युटर पान पराग नामले परिचित गोपाल कायस्थले गरेका हुन् ।

This is an official trailer promo of upcoming Nepali movie “Sorry La” directed by Rishi Lamichhane featuring Rajan Khatiwada, Subash Thapa, Anita Acharya, Roshan Maharjan, Martin Khan, Anju K.C.
Cinematography: Ram Sharan Upreti
Story: Anju K.C.

[gss ids=”5897,5896,5898,5899,5900″]

प्रतिक्रिया