Bisal Chautari Logo

समाजमा घट्ने कथा भएकाले चलचित्रमा लगानि गरे

- २३ पुष २०७०, मंगलवार ११:०३ मा प्रकाशित


काठमाडौं, २२ पुस । पछिल्लो समयमा नेपाली चलचित्रमा व्यावसाय कम भएपनि चलचित्र बन्ने क्रम भने बढ्दो रहेको छ । हरेक निर्माताहरुले चलचित्र निर्माण गर्नको उद्देश्य आ–आफ्नै किसिमको रहेको छ । कोहि चलचित्रमा लगानि गरेर हिरो बन्ने त, कोहि केहि स्वार्थका लागि । तर फागुन २३ गते रिलिजमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’का निर्माता प्रस्तुतकर्ता दिल कुमार तामाङ ‘आले’ भने नेपाली चलचित्र क्षेत्रमै राम्रो निर्माता भएर व्यावसाय गर्ने उद्देश्यले आएको बताउछन् ।
चलचित्रका प्रस्तुतकर्ता रहेका तामाङ सानैदेखी नेपाली चलचित्र क्षेत्रलाई केहि योगदान दिने उद्देश्यले पहिलो चोटि चलचित्र ‘तोरी लाहुरे’मा लगानि गरेको बताए । चलचित्रमा आफुलाई अभिनय गर्ने रहर भएरपनि आफुले अभिनय नगरेको विशाल चौतारी संगको कुराकानिमा बताए । आफुले चलचित्रमा सानो भिलेनको रोल निभाएको बताए । कलाकारीतामा संर्घस गरेर मात्र हिरो बनेपनि बन्ने नत्र भए पुर्ण रुपमा नेपाली चलचित्रमै व्यावसाय गर्ने बताए । भने ‘चलचित्रमा लगानी गर्ने वित्तिकै हिरो खेल्न पर्छ भन्ने छैन । राम्रो चलचित्र बन्नको लागि राम्रो कलाकारहरुको आवश्यक रहेको हुन्छ । त्यहि कुरालाई मध्ये नजर गरेर मैले चलचित्रमा हिरो नखेलेको हो ।’
नेपाली चलचित्र क्षेत्रको बजार खस्कि रहेको समयमापनि चलचित्रको कथावस्तु राम्रो भएकै कारणले चलचित्रमा आफुले लगानी गरेको तामाङले बताए । समाजमा घटेका घट्नाहरुले आफुलाई सानै उमेरदेखी छुने गरेको बताए । सानै उमेरमा साथिहरुले राम्रो नाटकको कथा भनेपछि आफुलाई परिवारले दिएको कपडा किन्ने पैसा सो नाटकमा लगानि गरेको दिल कुमारले बताए । यस्तै क्रममा चलचित्र ‘तोरी लाहुरेको कथा हाम्रै समाजमा घटेका घट्नाहरुलाई उतारीएको कथा भएकाले आफुले चलचित्रमा लगानि गरेको बताए । चलचित्रको घट्नाहरु आफ्नै जिवनमा घटेका घट्नाहरुलाई उतारीएकालेपनि यो चलचित्र बिशेष रहेको बताए । चलचित्रको कथा विदेश जानलाई काठमाडौमा आएका संर्घषरत युवाहरुलाई फसाएको सेरोफेरोमा रहेकोपनि चलचित्रका निर्माता तामाङले बताए ।
चलचित्र धेरै राम्रो बनेको बताउदै निर्माता तामाङले आफुलाई पहिलो प्रयासमै नमार्न दर्शकहरुलाई आग्रह गरे । चलचित्र पुरै परिवार संगै बसेर हेर्न लायक भएकाले सम्पुर्ण दर्शकहरुले एकचोटी हेर्नैपर्ने चलचित्र बनेको बताए । चलचित्रको कथा तथा कलाकारहरुको राम्रो अभिनयले चलचित्रले सोचे भन्दा राम्रो व्यावसाय गर्नेमापनि निर्माता तामाङ ढुक्क रहेको बताउछन् । चलचित्रलाई एन्बी महर्जनले निर्देशन गरेका हुन्, भने चलचित्रमा कलाकारहरु आसिस्मा नकर्मि, रोहीत रुम्वा, सुवास थापा, गजित बिष्ट, समुना केसी लगायतका कलाकारहरु रहेका छन् ।

प्रतिक्रिया