Bisal Chautari Logo

‘तोरी लाहुरे’ रोहितले र्‍याप हान्दा समुना मख्ख (फोटो फिचर सहित)

- २३ पुष २०७०, मंगलवार १४:४७ मा प्रकाशित


काठमाडौं, २३ पुस । केहि वर्ष अगाडी र्‍यापका दर्शक श्रोताहरुले हान्ने र्‍याप गित मध्ये ‘मनछाडे मैच्याङ’ र ‘बाखरी–बाखरी’ बोलको र्‍याप गीतपनि चर्चामा रहेको थियो । सो गितमा र्‍याप हान्ने कुनै र्‍यापर नभएर चलचित्र ‘तोरी लाहुरे’का अभिनेता रोहित रुम्बा हुन् । तिनै अभिनेताले पुन: ६ वर्षपछि चलचित्र ‘तोरी लाहुरे’ कै टाईटल गित तोरी लाहुरे बोलको गीतमा र्‍याप हानेका छन् । 
फागुन २३ गते रिलिजमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’को टाईटल गित गायक प्रमोद खरेलले गाएका छन् भने अभिनेता रोहितले ड्रिम्स् स्टुडियोमा मंगलवार गितका लागि र्‍याप भरेका छन् । सो क्रममा चलचित्रीकी अभिनेत्री समुना केसी अभिनेता रोहितलाई साथ दिन आइपुगेकी थिईन् । चलचित्र ‘तोरी लाहुरे’का जोडी भएर देखिन लागेका यि दुई अभिनेता तथा अभिनेत्री एक आपसमा नजिकीपनि रहेका छन् ।
चलचित्रको प्रोमोशनका लागि तयार गर्न लागेको गितमा र्‍याप राखेको चलचित्रका निर्माता दिल कुमार तामाङ ‘वाले’ले बताए । चलचित्रको गितमा किन अभिनेता रोहितले नै र्‍याप भरे त भन्ने जिज्ञासामा अभिनेता रोहितले टाईटल गीतका गायक प्रमोद खरेलले नै मैले र्‍याप हान्ने थाहा पाएको र एकचोटी र्‍याप हानेर सुनाउदा चलचित्रका निर्माता निर्देशक सबैले आफुलाई नै अफर गरेकाले गितमा र्‍याप भरेको बताए । 
चलचित्रको टाईटल गित समेत अभिनेता रोहित रुम्बाले नै लेखेका हुन् । आफुलाई बच्चैदेखी नेपाली चलचित्र क्षेत्रमा केही गरौ भन्ने सोच भएकाले र्‍याप राम्रै भएपनि प्राथमिकता नदिएको बताए । आफुले नेपाली चलचित्र क्षेत्रमै १२–१३ वर्षदेखी संर्घस गरीरहेका अभिनेता रोहित रुम्बाले बताए । २०५९ सालमा चलचित्र ‘द मार्सल आर्ट’बाट अभिनेता रुम्वाले चलचित्रमा डेब्यु गरेका थिए । नेपाली चलचित्र क्षेत्रमा केहि गर्ने उद्देश्यले आएका अभिनेता रुम्बा मार्सल आर्टमा ब्लाक बेल्ट गरेका छन् । मार्सल आर्टको माध्ययमबाट चलचित्र क्षेत्रलाई केहि परिवर्तन गर्ने उद्देश्य अभिनेता रुम्वाले अहिलेपनि छोडेका छैनन् । भन्छन्–‘नेपाली चलचित्र क्षेत्रमा एक दिन न एक दिन मार्सल आर्ट सम्वन्धि चलचित्रलाई व्यावसायिक बनाउने छु ।’ यस्तै अभिनेता रोहित रुम्बा डान्समापनि आफुले नेपाली चलचित्र क्षेत्रलाई धेरै योगदान गर्न सक्ने ठोक्वा गरे । चलचित्रमा आउन भन्दा अगाडि डान्स गरीरहेको बताउने रुम्बाको डान्समा १४–१५ वर्षको अनुभव रहेको बताउछन् । चलचित्र ‘तोरी लाहुरे’मा आफुले विदेश जानलाई काठमाडौमा आएर गरिएको संर्घस र मेनपावरले पैसा खाएर फसेको युवाको भुमिकामा रहेको बताए । यस भुमिकामा आफुले न्यापुर्ण ढंगले अभिनय गरेकाले आफु चल्नेमा विस्वास रहेको अभिनेता रोहित रुम्बाले बताए । 
चलचित्रमा अभिनेता रोहित रुम्बाको साथमा गजित बिष्ट, सुवास थापा, आसिस्मा नकमि र्र समुना केसीको मुख्य अभिनय रहेको छ, भने चलचित्रमा दिनेश डिसी, सुसील पोखरेल र दिल कुमार तामाङ ‘वाले’को अभिनय रहेको छ । चलचित्रलाई रोशफी तामाङले निर्माण गरेका हुन् भने चलचित्रका प्रस्तुतकर्ता दिल कुमार तामाङ नै रहेका छन् । चलचित्रलाई रिदम एण्ड दिलीप फिल्मसले प्रस्तुत गरेको छ ।

 watch this bisal chautari youtube video

प्रतिक्रिया