Bisal Chautari Logo

कान्छो निर्माताको ‘लाटी’ पोष्ट प्रोडक्सनमा

- २५ आश्विन २०७१, शनिबार १८:२३ मा प्रकाशित


lati nepali movielati nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज २५ शनिवार । नेपाली चलचित्र क्षेत्रका अहिले सम्मकै कान्छा निर्माता शिशिर जय खरेलले त्रिलोचन सैजुसँग मिलेर निर्माण गरेको चलचित्र ‘लाटी’ पोष्ट प्रोडक्सनमा रहेको छ । श्रृजना फिल्म प्रालीको पहिलो प्रस्तुतिमा निर्मित ‘लाटी’ले चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयका कथा खोतल्ने प्रयास गरेको छ ।
राजबहादुर सानेको निर्देशन रहेको ‘लाटी’मा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम रिमाल र प्रकाश खत्री समेतको निर्माण रहेको यो चलचित्रमा चितवन र नवलपरासी आसपासका स्थानमा छायांकन गरिएको छ । चलचित्रका गीतमा प्रबिसा अधिकारी ,प्रेम परियार ,शिशिर योगी र प्रबेश योगीका स्वर रहेको छ ।

प्रतिक्रिया