Bisal Chautari Logo

चार भाषामा ‘क्रिष्टिना’

- २५ पुष २०७०, बिहीबार १४:०८ मा प्रकाशित


विशाल चौतारी  समाचार
काठमाडौं, २५ पुस ।
पुनम फिल्मस तथा खुसी आट्र्सको संयुक्त प्रस्तुति रहेको चलचित्र ‘क्रिष्टिना’ वंगाली, भोजपुरी, नेपाली र हिन्दी गरी चार भाषामा निमार्ण हुने भएको छ । कुमार केसीको निर्देशन रहने यो चलचित्रलाई राकेश मित्र, संजय वागदास र केवल तामाङले निमार्ण गर्न लागेका हुन् । प्रज्वल गिरी, तापस शिल, कोयल सेन गुप्ता, टिकम् शर्मा, किरण रिसाल, तृष्ण बुढाथोकी र नव नायिक ङमा मुक्तानको यस चलचित्रमा मुख्य भूमिका रहने निमार्ण पक्षले बताएको छ । भारत र नेपालका विभिन्न रमरिणय स्थलहरुमा छांयकन हुने चलचित्र ‘क्रिष्टिना’ क्रिकोणात्मक प्रेम कथामा आधारित थ्रिलर, रोमान्स र लभ स्टोरीमा आधारित रहेको चलचित्रका निर्देशक कुमार केसीले बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बताएका छन् ।

प्रतिक्रिया