Bisal Chautari Logo

खोटाङमा बलात्कारी युवाविरुद्ध १२ वर्ष कैद सहित ७५ हजार क्षतिपूर्तीको फैसला

- १२ आश्विन २०७१, आईतवार १७:१५ मा प्रकाशित


12 years in prison for rape against young in khotang
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १२ आइतबार । स्थानीय पाच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने खोटाङका एक युवालाई १२ वर्ष कैद सजाय र ७५ हजार रुपैया क्षतिपूर्तीको फैसला सुनाइएको छ । बालिका बलात्कारपछि पुर्पक्षका लागि कारागारमा राखिएका डाडागाउ–१ का २५ वर्षीय किशोर भुजेललाई यस्तो फैसला सुनाइएको हो । 12 years in prison for rape against young in khotang
आरोपित भुजेलले जबरजस्ती करणी गरेको स्वीकार गरेपछि जिल्ला न्यायाधिस इश्वरीप्रसाद गौतकमको एकल इजलासले उनलाई उक्त सजाय सुनाएको श्रेष्तेदार भीष्म भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भुजेलले मादक पदार्थ सेवन गरेको समयमा बालिकालाई जबरजस्ती करणी गरेको बयान दिएका छन् । भुजेलले घरमा कोही नभएको समयमा गत असार–७ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई असार–९ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीमा परेको उजुरीको आधारमा घरैबाट पक्राउ परेका उनलाई अदालतले साउन–४ गते पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको थियो । दुई वर्षअघि विवाह गरेका उनले घरमा श्रीमती गर्भवती भएको समयमा बालिकालाई बलात्कार गरेको पीडित परिवारको आरोप छ । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था ठीक हुदै गएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया