Bisal Chautari Logo

खोटाङमा बालिका बलात्कार गर्ने वृद्धा कारागार चलान

- ११ आश्विन २०७१, शनिबार ०४:१९ मा प्रकाशित


khotang to the old prison for rape
विशाल चौतारी समाचार
खोटाङ, २०७१, असोज ११ शनिवार ।  स्थानीय १३ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङका एक वृद्धलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्यलाई जिल्ला अदालत जिल्ला अदालत खोटाङको आदेशमा कारागार चलान गरिएको हाम्रो खोटाङ डटकमले जानकारी दिएको छ । khotang to the old prison for rape
पीडित बालिकाले भदौ–३१ गते बिहान भैंसीलाई घाँस लगाउन गएको समयमा बाटो छेकेर बलात्कार गरेको भनेर दिएको उजुरीको आधारमा उनलाई सोही दिन पक्राउ गरिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षणमा बलात्कार भएको ठहरिएपछि उनलाई जबरजस्ती करणी तथा हाडनाता करणी महल अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए । अस्पताल स्रोतका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया