Bisal Chautari Logo

नातिनी स्मिताको एल्बम बिमोचनमा प्रचण्डले आसु थाम्न नसकेपछी… (फोटो फिचर)

- ९ आश्विन २०७१, बिहीबार १५:१९ मा प्रकाशित


pushpa kamal dahal prachanda  granddaughter smita dahal album ‘smita-2’
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०९ बिहीबार । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आखाबाट आसु थाम्न नसकेपछी आज एक कार्यक्रममा रोएका छन् । आफ्नी नातिनी गायिका स्मिता दाहालको दोश्रो एल्बम ‘स्मिता २’को बिमोचन गर्ने क्रममा कार्यक्रममा बोल्दा प्रचण्ड रोएका थिए । pushpa kamal dahal prachanda  granddaughter smita dahal album 'smita-2'
बानेश्वर स्थित इन्द्रेनी कम्प्लेक्समा आज बिहिबार भएको भब्य विमोचन कार्यक्रममा आफ्नी नातिनीलाई शुभकामना दिदै गर्दा प्रमुख अतिथी समेत रहेका दाहालले जनयुद्धमा आफूले ‘हास्दा हास्दै रोएको र रुदा रुदै हासेको सुनाउदै आजको माहोलपनि त्यही समयको जस्तै भएको बताए ।’ pushpa kamal dahal prachanda  granddaughter smita dahal album 'smita' (1)प्रचण्डले कार्यक्रममा उठेको मुख्य विषय भन्दै प्रचण्डको नातिनी स्मिता या स्मिताको हजुरबुबा प्रचण्ड भनेर सम्वोधन गर्ने भन्नेमा रहेको बताउदै भने– ‘म गाली र ताली दुबै पाएर अगाडी बढ्नेछु, तर कलाकारीता क्षेत्रमा ताली मात्र भएकाले नातिनी स्मिता ताली पाउदै अगाडी बढ्नेमा विस्वास ब्याक्त गरे । प्रचण्डका यी कुरा अनुसार चाडै नै प्रचण्डकी नातिनीबाट उनको परिचय गायिकामा बदलिनेछ । र मलाई स्मिताको हजुरबुबा प्रचण्ड भनेर निचाउछिन्’, प्रचण्डले बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी रहेका प्रचण्डले आफ्नो परिवार निकै गीत संगीतप्रती अगाडी नै रहेको बताए । नेत्री हिसिला यमीले कार्यक्रमको बिचमा बोल्दै प्रचण्डलाई कलाकारपनि भएको बताएपछि एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफुपनि धेर थोर गाउने गरेको बताए । भने– म भन्दा सिता म्याडम (प्रचण्ड पत्नी)ले अझ राम्रो गीत गाउनुहुन्थ्यो, र अहिलेपनि गाउनुहुन्छ । तर समयले हामीलाई गीत गाउने अवसर सृजना गराइदिएन । तरपनि हाम्री नातिनीले हाम्रो चाहना पुरा गरिदिएकी छिन्’, प्रचण्डले बताए ।
केही समयअघि निधन भएकी प्रचण्डकी छोरी ज्ञानु दाहाललाई समपिर्त गर्दै स्मिताले यो दोस्रो एल्बम स्मिता–२ बजारमा ल्याएकी हुन् । एल्बमको बिमोचन एकिकृत नेकपा माओवादीका अध्यक्ष तथा प्रमुख अतिथी प्रचण्ड, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला लगायतले सामुहिक रुपमा गरेका थिए । विमोचनलाई सघाउन वरिष्ठ गायक दिप श्रेष्ठ, चर्चित गायक रामकृष्ण ढकाल, चर्चित गायिका कुन्ति मोक्तान, नेत्री हिसिला यमी, अभिनेता भुवन केसी, एल्बम बिमोचन समारोह आयोजक संस्था नेपाल संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार डा. कृष्णहरी बराल लगायतले विमोचनमा सघाएका थिए ।
त्यस्तै नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नातिनी भनेर सम्वोधन गर्दै स्मितालाई बधाई दिए । उनले कार्यक्रममा रमाइलो गर्दै भने–‘प्रचण्डजी यसै त मख्ख पर्ने मान्छे, झन् नातिनीको एल्बम बजारमा आउदा त झनै मख्ख पर्नु भएको छ ।’ माधवकुमारले नेपालमा स्मिता जस्ता धेरै प्रतिभाहरु गाउ–गाउमा रहेको बताउदै प्रतिभाहरु भएपनि राज्यले चिन्न नसकेको बताए ।

कार्यक्रमको उद्घोषण भने चर्चित कार्यक्रम सञ्चालक तथा आरजे भिजे नरेश भट्टराईले गरेका थिए ।pushpa kamal dahal prachanda  granddaughter smita dahal album 'smita' (14)
त्यस्तै कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका नेता मोहन वैद्यले नातिनी स्मितालाई एल्बम ल्याएकोमा बधाइ दिदै अवका समयमा प्रगतीशिल गीत पनि सुन्न पाउने आशा ब्याक्त गरे । बैद्यले भने– स्मिताको बाल्यकाल हाम्रो पार्टि जिवनसंग जोडिएको छ । स्मिताको जन्म जनयुद्धको थलोबाट भएको भन्दै पार्टीलाई अगाडि बढाउन प्रगतीशिल गीतको महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै नेपाली कांग्रेसका महामन्त्री सिटौलाले स्मितालाई शुभकामना दिए, भने पुर्व प्रधानमन्ती डाक्टर बाबुराम भट्टराई भने अर्को कार्यक्रममा जानुछ भन्दै, नानीलाई मन्तव्यबाट भन्दापनि सधैसधै शुभकामना रहेको बताए ।pushpa kamal dahal prachanda  granddaughter smita dahal album 'smita' (8)
कार्यक्रममा वरिष्ठ गीतकार कृष्णहरी बरालले गायिका स्मिताको स्वरले नेपाली साङगीतिक क्षेत्रमा छुट्टै स्थान राख्ने विस्वास ब्याक्त गरे । उनको यही समिक्षालाई सबै अतिथीहरुले दोहोर्‍याएका थिए । गायिका दाहालले स्वागत मन्तब्य राखेकि थिइन् भने दास्रो चरणमा २ वटा गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् । ५ गीत समावेश गायिका स्मिताको ‘स्मिता २’ एल्बममा डाक्टर कृष्णहरी बराल, डाक्टर भोला रिजाल, आनन्द अधिकारी, चेतन सापकोटा, रेमशराज भट्टराइको एल्बमका गीतमा शब्द छ । एल्बममा समावेश गीतमा बसन्त सापकोटा, सुरेश गैरे, शिखर सन्तोष, चेतन सापकोटा र रमेशराज भट्टराइको संगीत रहेको छ । एल्बममा ‘बिगार्दैन कसैको केही’, ‘आँखा किन झुक्न थाल्यो’, ‘दिलको आँखीझ्याल’, ‘पराइको भयौ तिमी’, ‘प्रिय तिम्रो हृदयमा’ बोलका गीतहरु छन् ।
कार्यक्रममा माथिका स्रष्टाहरुको नाम बाहेक चर्चित गायक आनन्द कार्की, चर्चित जोडी गायक सत्यराज आचार्य र स्वरुपराज आचार्य, प्रमोद खरेल, वरिष्ठ संगीतकार शान्तिराम राई, राजु सिह, सुनिला मास्के लगायत उपस्थित रहेका थिए । नेपाली साङगीतिक क्षेत्रका चर्चित स्रष्ठाहरुको उपस्थित रहेको समोहमा गायक रामकृष्ण ढकालले स्मिताको स्वरबाट आफू प्रभावित भएको भन्दै स्मितासंग यूगल गीत गाउने बताए । उता अभिनेता भूवन केसीले स्मिताको मन्जुर भए आफ्नो आउने चलचित्रमा गीत गाउनका लागी आग्रह गरे । एल्बमलाई भाइव्यस क्रियशनले बजारमा ल्याएको हो ।

[gss ids=”5695,5693,5682,5694,5685,5696,5692,5691,5690,5689,5688,5684,5687,5686,5683,5681″]

प्रतिक्रिया