Bisal Chautari Logo

हङकङमा हुने नेफ्टा अवार्ड, स्व. श्रीकृष्ण प्रति समपिर्त

- ८ आश्विन २०७१, बुधबार १७:१६ मा प्रकाशित


Hong Kong to nefta Award, Shree Krishna Shrestha is dedicated

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०८ बुधबार । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी सफल रुपमा अवार्ड गर्दै आएको यस वर्ष हुने ७औ नेफ्ना अवार्ड निकै फरक र पृथक बन्ने देखिएको छ । कातिर्क ३ गते हङकङमा हुने नेफ्टा अवार्डमा स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति समपिर्त हुने आयोजकले बताएको छ । हिजो बसेको नेफ्टा बैठक अनुसार राष्ट्रिय गान सुरु भएसंगै स्वर्गीय अभिनेता श्रेष्ठसंग सम्बन्धीत गीत, संगीत विशेष रुपमा प्रस्तुत गरिनेछ ।Hong Kong to nefta Award, Shree Krishna Shrestha is dedicated
अभिनेता श्रेष्ठप्रति समर्पित गर्नका लागी अर्को विशेष कार्यक्रम अनुसार स्टेजमा अभिनेता राजेश हमालले मामिर्क कविता बाचन गरेर सुनाउनेछन् । हमालले बाचन गर्ने कवितालाई गीतकार बाबुराम दाहालले तयार गर्ने आयोजकले बताएको छ । हमालले कविता बाचन गर्दा स्टेजका भित्ताहरुमा स्व. श्रेष्ठका तस्बिरहरु कुदाईनेछ । यस्तै अवार्ड समारोहमा विभिन्न कलाकारहरुले उद्घोषणा गर्ने छन् । मुख्य उद्घोषक भएर अभिनेत्री ऋचा शर्मा र अभिनेता सन्दीप छेत्री देखिनेछन् ।
उक्त समारोहमा एक चचिर्त अभिनेत्रीलाई विशिष्ट प्रकारको उपाधी समेत प्रदान गरिने नेफ्टाले निर्णय गरेको छ । यस अघि राजेश हमाललाई महानायक र नीर शाहलाई अभिनय शिरोमणीबाट नेफ्टाले सम्मान प्रदान गरिसकेको छ । हङकङ स्थित पाँच तारे होटल विपि ईन्टरन्याशनलमा हुने चार घण्टे कार्यक्रमका लागि स्व. अभिनेता श्रेष्ठका गुरु बसन्त श्रेष्ठले कोरियोग्राफीको मुख्य जिम्मबारी हेर्ने भएका छन् । यस्तै रेनशा राईले पनि नेफ्टा तयारीका लागि कोरियोग्राफीको पार्ट सम्हाल्नेछिन् । कार्यक्रमको लागि नृत्य प्रशिक्षणको तयारी आउदो बिहिवार देखि मंगलवार सम्म गरिने भएको छ । अवार्ड चलिरहदा निर्देशक सुर्दशन थापालाई पनि स्टेजमा पहिलो पटक नाचिरहेको देख्न पाईनेछ । निर्देशन संगै फिल्म अभिनयमा देखिन थालेका थापाको उक्त स्टेज प्रस्तुती करिअरकै पहिलो प्रस्तुती हुने छ ।
दशैको टिका लगत्तै २१ गते देखि पुन: हङकङ प्रस्थान गर्ने मिति सम्म कलाकारहरु प्रशिक्षणामा रहनेछन् । नेफ्टासंग सहकार्य गर्दै निर्माता सुनील कुमार थापाको कम्पनी एस.के. थापा प्रोडक्सन र हङकङ स्थित खोटाङ सोसाइटि हङकङका अध्यक्ष तेज प्रकाश राई, विनय शाहको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले यस पटक हङकङमा बृहत किसिमले अवार्ड गर्न लागेको हो ।

प्रतिक्रिया