Bisal Chautari Logo

गंगाराजको ‘आभाष’ बेलायतमापनि विमोचन

- ६ आश्विन २०७१, सोमबार १८:१४ मा प्रकाशित


Ganga Raj Rai albam Aabhas
विशाल चौतारी समाचार
बेलायत, २०७१, असोज ०६ सोमबार । युवा तथा नवोदित गायक गंगाराज राईको एकल स्वर रहेको पहिलो गीति एल्वम बजारमा आएकोछ । चन्द्रावति राईद्धारा लिखित तथा विसि राईद्धारा संगित भरिएको नविनतम एल्वम ‘आभाष’को गत २१ सेप्टेम्वरका दिन वेलायतको आस्फोर्डस्थित नर्थ स्कूल हलमा एक कार्यक्रमको आयोजनागरि लोकार्पण गरिएको छ । Ganga-Raj-Rai (2)
उक्त विमोचन कार्यक्रमको अध्यक्षता गीतकार ईश्वर चाम्लिङग राई तथा प्रमुख अतिथि किरात राई यायोक्खा नेपालका पूर्व अध्यक्ष तथा प्राध्यापक सुमाया राईथिए । अतिथिहरुमा किरात राई यायोक्खाका अध्यक्ष पदम व राई, सगरमाथा नेप्लिज कम्युनिटिका अध्यक्ष श्री सिरी तेम्वे लिम्वु, केन्ट गुरुङ समाजका अध्यक्ष सोभराज गुरुङ, सेर्पा एशोसिएसन युकेका अध्यक्ष रिन्जि शेर्पा, किरांत याक्थुङग चुम्लुङग, युकेका नव निर्वाचित अध्यक्ष काजीमान यक्सो, सचिव मान तवेवुङग, नयां सन्देश साप्ताहिकका प्रधान सम्पादक श्री चण्डिराज राई, अध्यक्ष शिवधन राई, विएफ वि एस गोर्खा रेडियोका प्रतिनिधि लगायत अन्य समाजका व्याक्तिहरुका प्रतिनिधि लगायत गीत संगितका अनुरागीहरुको वाक्लो उपस्थिती रहेको थियो । Ganga-Raj-Rai (1)
कृतिका रचनाकार चन्द्रावति राई एवं गायक गंगाराज राई स्वयमले आफ्नो एल्वम निर्माणको क्रममा भएका अनुभवहरु व्यक्त गरिसकेपछि आभाष एल्वमलाई डायसमा आशिन सबै अतिथिहरुद्धारा सामुहिक रुपमा विमोचन गरिएको थियो । गीतका रचनाकार चन्द्रावति राईले आफनो जीवन भोगाईका अनुभतिहरु पोख्नुभएकोले सवै गीतहरु भावुकताले भरिएको र नवोदित गायक गंगाराज राईको स्वर सुन्दा एउटा परिपक्व गायक भन्दा कमि नरहेको उनको ठम्याई वताउदै कार्यक्रमका प्रमुख अतिथि सुमाया राईले एल्बम ल्याउने दुबै स्रष्ठालाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । कृतिका वारेमा समीक्षत्मक विचार व्यक्त गर्नेक्रममा जन्मदाताको रुपमा रचनाकार र संगितकारले पिताको भुमिका निभाई सुन्दर बनाएर गायकसंग विवाह गरिदिए पछि श्रोताहरु माफ विवाहको शुभकामना सन्देश प्रवाहित हुने गर्दछ भन्दै आफ्नै विशेष शैली र मौलिकतामा वास्तविकताले जन्माएको आभास एल्वमको पनि विवाहको यो प्रसंग कोटयाउदै गीतकारको जीवनका घटनाले सृजित एकल जीवनको वास्तविक अनुभति संगालिएको सवै गीतहरुले श्रोताहरुको मन छुन सक्ने कार्यक्रमका अध्यक्ष ईश्वर चाम्लिङले वताए ।
महेश खड्का पावल चाम्लिङ् राई र विसि राईको संगित समेटिएको उक्त एल्वममा कहा ? बाट सुनाउ, म वस्ने त्यो मुटुमा, यसैगरि म हराई दिउकि, धड्कन वनि र हिड्दा हिडदै गरि ५ वटा संग्रहित गीतहरु औपचारिक कार्यक्रमको समापन पश्चात गायक गंगाराज राई स्वयमले ट्रयाकमा गीत गाएर उपस्थित श्रोताहरुलाई मनोरन्जन दिलाएका थिए ।

प्रतिक्रिया