Bisal Chautari Logo

‘बिग बोस ८’मा सल्मान नदेखीने, रणबीरले गर्ने शो को होष्ट

- १ माघ २०७०, बुधबार ०८:१३ मा प्रकाशित


मुम्बई : बलिउड अभिनेता रणबीर कपुर छिट्टै छोटो पर्दामा एक होस्टको रुपमा देखिने संकेत बलिउड सञ्चार माध्ययमले जनाएको छ । अभिनेता रणबीर कपुर कलर्स टीभीबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस सिजन–८’को होस्ट गर्ने भएका छन् । यस शो के पुर्व होस्ट अभिनेता सल्मान खानलाई नलिई अभिनेता रणबीर कपुरलाई लिने संकेत देखिएको बलिउड सञ्चार माध्ययमले बताएको छ ।
अभिनेता सल्मान खानले ‘बोग बोस’को अहिले सम्म चार सिजन होस्ट गरीसकेका छन् । आयोजकसंग अभिनेता सल्मान खानको सिजन–७मा धेरै विवाद भएको थियो । बिग बोसको सिजन ७ केहि समय अगाडी सकिएको थियो । शो को क्रममा अभिनेता सल्मानको धेरै आलोचनापनि भएको थियो । अभिनेता सल्मानले शो को क्रममै भनेका थिए कि सायद बिग बोसको अर्को सिजनमा होस्ट गर्दिन होला भनेर । हुन सक्छ यहि कारण शो को निर्माताले शो को होस्टिङको लागी अभिनेता रणबीर कपुरलाई लिने बिचार गरेका हुन् । समाचारको अनुसार बिग बोसको निर्मातले अभिनेता रणबीर कपुरलाई शो को होस्टका लागी धेरै मनाउने कौशिस गरिरहेका छन् । अहिले सम्म बिग बोस सिजन ७ सम्म आईसकेको छ । यस बिचमा अभिनेताहरु अमिताभ बच्चन, सलमान खान, संजय दत्त, अभिनेत्री शिल्पा शेट्टि लगायतले यस शो को होस्ट गरीसकेका छन् । शायद अब अभिनेता रणबीर कपुर यस शो को होस्ट गर्नेछन् ।

प्रतिक्रिया