Bisal Chautari Logo

अलिशा भइन् यस वर्षको मिस नेवा : ११३४

- १ माघ २०७०, बुधबार १६:२६ मा प्रकाशित


Alisha-bajracharya-miss-newa-1134
विशाल चौतारी समाचार
काठमाडौं, १ माघ ।
मिस नेवा: ११३४को उपाधि काठमाडौं मैतिदेबी निवासी अलिशा बजाचार्यले प्राप्त गरेकी छिन् । बुधबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता अलिशाले बिजेता बनेसंगै उपाधि सहित एक लाख रुपैयाँ मूल्यको ताज पनि आफ्नै पोल्टामा पार्न सफ भएकी छिन् । विजेता अलिशाले उपाधि सँगै २५ हजार रुपैयाँपनि हात पारेकी छिन् ।
यस्तै प्रतियोगितामा फस्ट रनरअपको उपाधि भने चाकुपाट ललितपुरकी श्रद्धा शाक्यले जितिन्, भने सेकेण्ड रनरअपको उपाधि नयाँ बानेश्वर काठमाडौंकी तिलासा बज्राचार्यले प्राप्त गरिन् । यि दुई फष्ट र सेकेन्ड रनरअपले क्रमैसंग उपाधिसँगै ताज र विभिन्न उपहार सहित १५ र १० हजार रुपैया प्राप्त गरे ।
प्रतियोगिताको अन्तिममा सोधिएको लिखित प्रश्नको उत्कृष्ट जवाफमा उत्कृष्ठ विचार दिएर बिजेता बनेकी अलिशा बज्राचार्यलाई काठमाडौं महानगरपालिकाको वातावरतीय सदभाव राजदूत र क्यान्सर रिलिफ सोसाईटीको सदभावना दूत समेत सोही कार्यक्रममा घोषणा गरियो । नेप्लिज फेशन होमद्धारा बुधबार राजधानीमा आयोजित सो प्रतियोगितमा २२ जना प्रतियोगीले अन्तिम प्रतिस्पर्धाका लागी भाग लिएका थिए ।
यस्तै मिस ट्यालेन्टको उपाधि निलिशा तुलाधरले पाईन् । उनले उपाधिसँगै युएफओबाट पाँच हजार रुपैयाँ पनि प्राप्त गरिन् । यस्तै प्रतियोगितामा पब्लिक च्वाई अवार्ड तिलासा बज्राचार्यले प्राप्त गर्दा मिस फ्रेन्डसिपको अवार्ड प्रस्मिन श्रेष्ठले आफ्नो पोल्टामा पारिन् । मिस डिसिप्लीनको उपाधि जस्मिन महर्जनले प्राप्त गरे । उता प्रतियोगितामा मिस स्किनको उपाधि हसिना प्रधानले प्राप्त गरिन्, भने मिस स्माईलको उपाधि साईका श्रेष्ठले प्राप्त गरिन् । मिस पर्सनालिटीको उपाधि तृष्णा श्रेष्ठले हात पारिन् । यस्तै मिस चार्मिकको उपाधि जेनु महर्जनले प्राप्त गरिन भने मिस फोटोजेनिकको उपाधि रिया ताम्राकारलाई दिइयो । बेस्ट ड्रेसको उपाधि श्रीया शाक्यले हाँसिल गरिन् । यस्तै मिस बेस्ट नेपाल भाषाको उपाधि समता बज्राचार्यले प्राप्त गरिन भने मिस वेष्ट हेयरको अवार्ड निर्मिता डंगोलले जितिन् । मिस नेवाको यो ९ औ सस्करण हो ।

प्रतिक्रिया