Bisal Chautari Logo

‘सबै दलसग सहकार्य गरेमात्रै माघ ८ मा संविधान सम्भव’

- ५ आश्विन २०७१, आईतवार ०४:२२ मा प्रकाशित


nepal pariwar dal news
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०५ आइतवार । नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभा भित्र र बाहिर रहेका सबै राजनीतिक दलहरु बिच सहकार्य र सहमति गरी अघि बढेमा मात्रै माघ ८ गते भित्र संविधान जारी गर्न सकिने निश्कर्ष निकालेको छ । दलको केन्द्रीय कार्यालय पूरानो बानेश्वरमा असोज ४ गते शनिबार दलका अध्यक्ष एवम् सभासद एकनाथ ढकालको अध्यक्षतामा बैठक यस्तो निर्णय गरेको छ । आगामी माघ ८ गते भित्र शान्ति प्रकृयाको बााकी रहेको सम्पूर्ण काम सम्पन्न गर्न र जनअपेक्षाकृत लोकतन्त्रिक संविधान निमार्ण गर्न पार्टी प्रतिवद्ध भएको समेत जनाएको छ , यसका लागि संविधानसभा भित्र र बाहिर रहेका सबै राजनीतिक दलहरू बिच सहकार्य र सहमति गरी अघि बढ्न ठूला राजनीतिक दलहरुलाइ समेत आग्रह गरेको छ ।nepal-pariwar-dal-news

बैठकले बाढी पहिरोको कारणबाट बिभिन्न जिल्लामा लाखौं नागरिक प्रभावित भई हजारौं पीडित तथा बिस्थापित भई सयौंको संख्यामा ज्यान समेत गुमाउनु परेकोमा परिवार दल दुखित भएको जनाउदै पिडितलाई राहत वितरण तथा बिस्थापितलाई पुर्नस्थापना गराउन सरकारसंग माग गरेको छ । साथै दलको बैठकले अति बिपन्न नेपालीहरूलाई चाडवाड मनाउन समेत धेरै मुश्किल भएकाले बिपन्न नेपालीलाई चाडवाड मनाउन आर्थिक तथा जीन्सी सहयोग उपलब्ध गराउन सरकारसंग माग समेत गरेको छ । दलका महामन्त्री बिनोद डाागीद्धारा जारी गरिएको विज्ञप्तिमा संविधान जारी गरे लगतै स्थानिय निकायको निर्वाचन गर्नुपर्ने कुरामा जोड दिएको छ ।

दलले संञ्चालन गरेको लोकप्रीय कार्यक्रम ‘राष्ट्र र जनता पहिलो प्राथमिकता’ राष्ट्रिय जनजागरण अभियानलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । दलको केन्द्रीय समितिको बैठकले केन्दीय नेताहरुको जिम्मेबारी समेत हेरफेर गरेको छ साथै केन्द्रीय सदस्यहरूको विषयगत र जिल्लागत कार्य विभाजन गर्नुका साथै १४ वटै अञ्चलमा संयोजक नियुक्ति समेत गरेको छ । बैठकले काठमाण्डौं उपत्यकाको ईन्चार्जमा केन्द्रीय सदस्य रूपसिंह भण्डारी र मध्यमाञ्चलको क्षेत्रिय संयोजकमा अशोक कुमार चौधरीलाई नियुक्ति गरेको छ भने पार्टीको १८ वटा भातृसंगठनको प्रमुख पनि नियुक्ति गरेको छ ।
बैठकले पार्टीमा महत्वपूर्ण जिम्मेवारी भएका कतिपय सदस्यहरू निष्कृय भएको, सम्पर्कमा नरहेको तथा आफ्नो क्षेत्राधिकार बाहिर प्रवेश गरि पार्टीको विधि तथा अनुशासन उन्लङ्घन गर्न तर्फ उन्मुख भएको सुचना प्राप्त हुन गएकाले छानबिन गरि आवश्यक कारवाहि सिफारिस गर्न केन्द्रीय सदस्य अधिवता दयाराम कडेलको अध्यक्षतामा ३ सदस्सीय उपसमिति सकेत गठन गरेको छ ।

प्रतिक्रिया