Bisal Chautari Logo

दुई दिन पर सर्दै नेफ्टा अवार्ड कात्तिक ३ गते

- ५ आश्विन २०७१, आईतवार ०३:३१ मा प्रकाशित


7th nefta film award 2014 in hong kong kartik
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०५ आइतवार । कात्र्तिक १ गते हुने भनिएको सातौं संस्करणको नेफ्टा अवार्ड दुई दिन पर सरेको आयोजकले जानकारी गरेको छ । तीन आयोजक कम्पनी मध्येको एक कम्पनी एस के फिल्मस् प्रालिका चेयरम्यान तथा निर्माता सुनील कुमार थापाले दिएको जानकारी अनुसार प्राविधिक कारणले १८ बाट २० अक्टोबर (कार्तिक ३) का लागि अवार्ड समारोह सारिएको हो । 7th nefta film award 2014 in hong kong kartik
आयोजक मध्येका अर्का खोटाङ सोसाइटि हङकङका अध्यक्ष तेज प्रकाश राईले आफ्नो फेसबुकबाटै जानकारी गराउदै लेखेका छन्– ‘१ दसै तिहारको चटारो आईतबार अथाह नेपाली कार्यक्रमहरु तसर्थ यो पटक हामिले नेफ्टा अवार्ड आईतबार राखेनौ ।
२.नेफ्टाको जन्म नै पाचतारे होटलबाट भयको र हामि प्रवासि हङकङेलीहरुको अथक प्रायसले चार तारे होटलमा गर्ने निर्णयमा पुगेका हौ ।
३.हङकङमा बिशेषगरि महिला र बार लाईनहरुको शनिबार, आईतबार र पब्लिक होलिडेमा छुट्टि नहुने र कार्यक्रम सधै आईतबार र पब्लिक होलिडेमा हुने गुनासो सुनिने गरेकोले गर्दा पनि यो पटक हामिले १८ गते शनिबार गर्ने भनियको कार्यक्रम सोमबार सारेकाछौ । यसबाट अन्य महानुभाबहरु प्रति पर्न गएको असुबिधा प्रति माफि चाहान्छौ ।
यस अघि १८ अक्टोबरमा अवार्ड समारोह हुने घोषणा हङकङबाटै गरिएको थियो । नयाा समय फाईनल गरेर थापा हङकङबाट नेपालका लागि उडेका छन् । दशैका कारणले अवार्ड तयारीका लागि समय थोरै छ त्यसैले जति सक्दो उत्कृष्ट ढंगमा अवार्डको डिजाईन गर्नेछौ हामी । कात्तिक ३ को अवार्ड मिति यम पञ्चकको अघिल्लो दिन अर्थात काग तिहारको अघिल्लो दिन हो ।

प्रतिक्रिया