Bisal Chautari Logo

सञ्चार मन्त्रिले भने– ‘कलाकारलाई बर्गीकरण गर्ने कुरै भएको छैन, परिचयपत्र बन्ने हो’

- २ आश्विन २०७१, बिहीबार ०४:२१ मा प्रकाशित


nepali artistnepali-artist
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०२ बिहिवार । कलाकारको बर्गीकरण नेपाल सरकारले गर्न लागेको विषयमा चर्चा भईरहदा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले यस विषयलाई प्रश्ट्याएका छन् । कलाकारको बर्गीकरण गर्ने सरकारको कुनै मनसाय नभएको मन्त्री रिजालले बताएका छन् । हिजो चलचित्र सेन्सर बोर्डका केही पदाधिकारीसगको भेटमा उनले कलाकारलाई बर्गीकरण गर्न नखोजिएको बताएका हुन् ।
कलाकारलाई परिचय पत्र वितरण गर्दै विभिन्न खालका सुविधा दिने तयारी गरिएको चाही संचारमन्त्री रिजालले बताएको चलचित्र सेन्सर बोर्डका सदस्य सुरेशदर्पण पोखरेलले जानकारी दिए । हालै मात्र गठन भएको भनिएको कार्यदलको विषयमापनि कुनै निर्णय नभएको संचारमन्त्रीले बताएका छन् । विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाका प्रतिनिधी बसेर परिचय पत्र कसलाई दिने भन्ने विषयमा निर्णय हुने बताइएको छ । कार्यदलले चलचित्र क्षेत्रमा लागेका कलाकार, पत्रकार, प्राबिधिक, निर्माता, निर्देशक, गायक, गायिका, संगीतकार लगायत सबैको बायोडाटा तयार पारेर सरकारलाई बुझउनेछ । यसैको आधारमा परिचय पत्र दिने तयारी सरकारले गरेको हो । सरकारको परिचय पत्र पाउने विभिन्न कलाकर्मीले विभिन्न स्थानमा सुविधा पाउनेछन् ।

प्रतिक्रिया