Bisal Chautari Logo

‘एकादेशमा’ ६९ छोटा फिल्महरको मेला लाग्ने

- १ आश्विन २०७१, बुधबार १८:४७ मा प्रकाशित


Nepal’s short film festival EKADESHMA 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०१ बुधवार । पछिल्लो समयमा छोटा फिल्म महोत्सवहरुले नेपालमा निकै स्थान ओगट्न सफल भएको छ । यस्तै क्रममा काठमाण्डौमा छोटा फिल्महरको मेला लाग्ने भएको छ । आउँदो असोज ३ देखि ५ गतेसम्म कुमारी हलमा ”एकादेशमा” नामक फिल्म फेस्टिभल चल्नेछ । अण्डरग्राउण्ड टाकिजले आयोजना गर्ने यो तेस्रो संस्करणको फिल्म फेस्टिभलमा २७ देशका ६९ फिल्म सहभागी छन् ।Nepal's short film festival EKADESHMA 2014
यस महोत्सवमा १७ वटा फिल्महरको वल्र्ड प्रिमियर गरिने बताइएको छ । आयोजकका अनुसार सहभागी फिल्म मध्ये १७ वटा नेपाली फिल्मले सहभागीता जनाउँदै छन् । नव फिल्मकर्मीदेखि स्थापित फिल्मकर्मीले बनाएका फिल्महरमा बालबालिकाको कथादेखि सामाजिक बिषय बोकेका कथा सहभागी फिल्ममा हेर्न सकिने आयोजकले जानकारी दियो ।
यो महोत्सवले बिभिन्न मुलुकका बिभिन्न फिल्मले बिभिन्न समूहका दर्शकका लागि नयाँँ अनुभुति र बदलिंदो परिवेशको अनुभव गराउने आयोजकको विश्वास छ । महोत्सवमा एक उत्कृष्ट फिल्मलाई जुरी अवार्ड प्रदान गरिने छ जसले नगद र ५१ हजार प्राप्त गर्नेछ । यस्तै पब्लिक च्वाईस अवार्ड पाउनेले २५ हजार र एक जना उत्कृष्ट फिल्मकर्मीलाई प्रोत्साहन स्वरप २५ हजार नगद दिईने छ । अभिनेत्री गौरी मल्लसहित पूजा गुरङ र सुजन चित्रकार महोत्सवका जुरी हुन् ।

प्रतिक्रिया