Bisal Chautari Logo

सुदर्शनलेपनि भने–‘हिम्मतवाली रेखासंग बिहे हुन सक्छ’

- १ आश्विन २०७१, बुधबार १५:१० मा प्रकाशित


rekha thapa and Sudarshan Gautam
विशाल राई

ब्रेकर : ‘अभिनेता सुदर्शन गौतमले बताए अनुसार अभिनेत्री रेखा थापा पहिलो राम्रो साथी भएको प्रश्ट्याए । भने– ‘राम्रो साथी भएपछी भोलि बिहे नी हुन सक्छ ।’
रेखा : सुदर्शनमा अलौकिक अभिनय क्षमता छ, अभिनय गर्न शरीर होईन, दिमाग चाहिन्छ भन्ने कुराको पुष्टि सुदर्शनले गरेका छन् ।’

काठमाडौं, २०७१, असोज ०१ बुधवार । चर्चित अभिनेत्री रेखा थापा र गिनिज बुकमा नाम लेखाइसकेका सुदर्शन गौतम बिच चलेको प्रेम सम्बन्धले बिवाहको रुप लिन सक्ने केही लक्ष्यण देखिएको छ । अन्र्तवार्ताहरुमा अभिनेत्री रेखाले यस विषयमा खुलेर भनेपनि चलचित्र हिम्मतवाली मार्फत डेब्यु गर्न लागेका नव अभिनेता सुदर्शनले चाही खुलेर यस विषयमा बोलेका थिएनन् ।rekha thapa and Sudarshan Gautam (1)
आज भने पत्रकारहरु सामु आएर नव अभिनेता गौतमले यस विषयमा केही बोलेका छन् । अभिनेता सुदर्शन गौतमले बताए अनुसार अभिनेत्री रेखा थापा पहिलो राम्रो साथी भएको प्रश्ट्याए । भने– ‘राम्रो साथी भएपछी भोलि बिहे नी हुन सक्छ’, अभिनेता गौतमले बताए ।
अभिनेत्री तथा निर्मात्री रेखा थापाले पहिलोचोटी निर्देशिन गरेको चलचित्र ‘हिम्मतवाली’ आगामी फूलपातीको दिनबाट रिलिज हुन लागेको छ । यहि चलचित्रको औपचारीक भेटघाट कार्यक्रममा पत्रकारहरुसंग बोल्दै सिनेमामा पहिलोचोटी क्यामेरा फेस गर्दाको कुराहरु गौतमले सियर गरे । सिनेमाको पहिलो टेक ३ टेकमै ओके भएको बताए । सुरुसुरुमा डाइलगहरु धेरै लामो भएकाले सम्झन किनै गाह्रो भएको गौतमले बताए । चलचित्र हिम्मतवालीको सुटिङ कहिले सकियो आफुलाई थाहा नभएको गौतमले बताए ।rekha thapa and Sudarshan Gautam (4)
त्यस्तै अभिनेत्री थापाको निर्देशनको बारेमा गरिएको कुराकानीमा अभिनेता गौतमले थापाको निर्देशनपनि १०० प्रतिसत राम्रो रहेको बताए । भने– ‘मैले एउटै सिनेमाबाट दुई निर्देशक पाए । तर मलाई सतप्रतिसत भन्नपर्छ रेखाबाट धेरै सजिलोसंग काम गर्न पाए । अभिनेत्री रेखा थापा वास्तविक जिवनमापनि हिम्मतवाली महिला रहेको गौतमले बताए । यो स्थानमा आएर टिकिरहनु भनेको सबैभन्दा ठुलो कुरा रहेको गौतमले बताए ।
अभिनेत्री रेखा थापासंगको पहिलो भेटघाटको विषयमा कुरागर्दै अभिनेता गौतमले चलचित्र बन्न भन्दा पहिला नै १ वर्ष अगाडी भेटेको बताए । त्यहि भेटमा साधारण परिचयसंगै सिनेमाको कुराकानीपनि भएको गौतमले बताए । भने– ‘मसंग भेट्न भन्दा पहिला नै सिनेमाको कथा लेखिसकेको थियो ।’ चलचित्र हिम्मतवालीको गीतहरुपनि आफुलाई मनपर्ने बनेको गौतमले बताए । चलचित्रमा अभिनय गर्दाताकाको रमाइलो अनुभव बताउदै भने– ‘एउटा सिन चाही चुरोट खानुपर्ने थियो । वास्तविक जिवनमा चुरोट खान सजिलो लागेपनि रिलमा भने गाह्रो रहेछ । मैले सो चुरोट खाने सिनमा ५० वटा भन्दाबढि चुरोट सेवन गरेको छु’, अभिनेता सुदर्शन गौतमले बताए ।
उता चलचित्रको प्रचारप्रसारमा व्यस्त रेखा थापालेपनि आजै बुधबार सञ्चारकर्मीमालाई चलचित्र र सुदर्शनको बारेमा बोले । भने– ‘फ्लोरमा काम गर्दा म निर्देशक हो भन्ने कुरा बिसिएँ, किर्नकी मेरो प्राथमिकता अभिनयमा थियो,’रेखा खुलिन्,‘मेरो अभिनयको अनुभवले आफुलाई निर्देशन गर्नुपर्छ भन्ने कुरा नै भुले ।’
त्यस्तै चलचित्रमा शारीरिक अपाङगता भएका अभिनेता गौतमले गरेको अभिनयको बारेमा प्रसंसा गर्दै भनिन्‘म जहिल्यै पनि नयाँ कलाकारलाई प्राथमिकता दिन्छु, सुदर्शनको पनि अन्य नवकलाकार झैं चलचित्रमा पहिलो अनुभव थियो । अझ ऊ अभिनय भन्दा बाहिरबाट आएको व्यक्ति हो । उसमा अलौकिक अभिनय क्षमता छ, अभिनय गर्न शरीर होईन, दिमाग चाहिन्छ भन्ने कुराको पुष्टि सुदर्शनले गरेका छन् ।’

[gss ids=”5456,5458,5459,5457,5455″]

यो वर्ष निकै आसा गरिएको चलचित्रको रुपमा रहेको यो सिनेमा थापाले आफ्नै होमप्रोडक्सन रेखा फिल्मस् मार्फत निर्माणँ गरेकी हुन् ।

प्रतिक्रिया