Bisal Chautari Logo

संयम र सलोनको नया चलचित्र आभाषको गीत सार्वजनिक

- १ आश्विन २०७१, बुधबार ०१:३२ मा प्रकाशित


aavash song yatra Samyam puri, salon basnet, Aasma dc,Nisha Adhakari
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०१ बुधवार । चलचित्र एडिटर सुरेन्द्र पौडेलको डेब्यू निर्देशन रहेको सिनेमा आभाषको गीत सार्वजनिक गरिएको छ । केही दिन अगाडी काठमाडौको एक हलमा औपचारिक कार्यक्रमको आयोजना गरी सिनेमाको एक गीतको सार्वजनिक गरेका हुन ।aavash song yatra Samyam puri, salon basnet, Aasma dc,Nisha Adhakari
सार्वजनिक गीतमा अभिनेताद्धय संयम पुरी, सलोन बस्नेत र आश्मा डिसीको मस्ति देख्न सकिन्छ । गीत सार्वजनिक समारोहमा बोल्दै अभिनेता सलोनले चलचित्रको सुटिè गर्दा एकदमै रमाइलो भएको अनुभव सियर गरे । क्षभोलिको दिनमाÕ बोलको गीत छायाकन गर्दा अझ धेरै रमाइलो किसिमले सकिएको बताए । यही अनुभवलाई संयम र आश्मालेपनि सियर गरे । चलचित्र आभाषमा संयम र सलोनको मुख्य भूमिका छ, भने संयमको रियल लाईफ गर्लफ्रेण्डले परिचित आश्मा डिसी र अभिनेत्री निशा अधिकारीलाई पनि देख्न सकिन्छ । चलचित्र पौष २५ देखि प्रर्दशन हुनेछ । चलचित्रका निर्माता अभिनेता तथा वितरक गोबिन्द शाहीपनि रहेका छन् ।

[gss ids=”5435,5436,5437,5432,5434,5430,5431,5433″]

प्रतिक्रिया