Bisal Chautari Logo

निशाले शरदसंगको प्रेम खुलासा गर्दै लेखिन्–‘सर्वब्यापी प्रेम, लौ मैले सवैलाई बाँडे’

- २३ भाद्र २०७१, सोमबार १८:०४ मा प्रकाशित


Nisha Adhikari and Sharad Vesawkar love
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २३ सोमबार । पछिल्लो समयमा अभिनेत्री निशा अधिकारी चलचित्रमा अभिनय गर्न भन्दा बढी प्रेमको प्रसंगमा अगाडी देखिएकी छिन् । अभिनेत्री अधिकारीले क्रिकेटर सदर भेसवाकरसँगको प्रेमलाई खुलासा गर्दै सार्वजनिक रुपमा स्वीकारेकी छिन् । अभिनेत्री अधिकारीले आफ्नो प्रोफाइल फेसबुक पेज मार्फत सोमबार एक तस्वीर अपलोड गर्दै आफु सरदसँग गहिरो प्रेममा रहेको स्वीकार गर्दै लेखेकी छिन्–‘सर्वब्यापी प्रेम, लौ मैले सबैलाई बाँडे ।’ (Omnipresent love and here is my share)Nisha Adhikari and Sharad Vesawkar love लामो समयदेखि सार्वजनिक कार्यक्रममा सँगै देखिएपनि यी दुई जोडीले अहिलेसम्म प्रेम सम्बन्धको बारेमा खुलासा गरेका थिएनन् । उनीहरुले आफुहरु असल साथीमात्रै भएको जिकिर गर्दै आएका थिए । उनीहरुको सम्बन्धका बिषयमा टिप्पणी गरेको भन्दै निशाले पत्रकारलाई गालीसमेत गरेकी थिइन्, भने अभिनेत्री निशा केही विवादितपनि बनेकी थिइन् । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सरद हालै अमेरिकामा लिग खेलेर फकिर्एका छन् ।Nisha Adhikari and Sharad Vesawkar love-1

प्रतिक्रिया