Bisal Chautari Logo

मोहनले गाए ‘मितादोनी चितुङ्मा स्यामानि’

- २२ भाद्र २०७१, आईतवार १३:३४ मा प्रकाशित


mohan rai song mitadoni chiyungman syamani
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २२ आइतबार । केही समय अगाडी एल्बम साम्योङ लिएर नेपाली साङ्गीतिक क्षेत्रमा भित्रिएका नव गायक मोहन राई पहिलो म्युजिक भिडियो गीत ‘यो आखाले ताकेको’को सफल्तापछि नयाँ गीत रेकर्ड गर्नमा ब्यस्त रहेका छन् । यस्तै क्रममा आज क्रिपा स्टुडियोमा गायक राईको बिल्कुलै नयाँ स्टाइलमा गीत रेकर्डिङ सकाएका छन् । mohan rai song mitadoni chiyungman syamani (1)
राई भाषामा रहेको ‘मितादोनी चितुङ्मा स्यामानि, झारा बैनी चिआसो छाम्मानी’ बोलको गीत रेकर्डिङको क्रममा गायक मोहन राईले बताए अनुसार यस गीतको केही हप्तापछि नै म्युजिक भिडियो सुटिङ गरिनेछ । आफ्नो पहिलो गीतको बारेमा दर्शकहरुले दिएको प्रतिकृया सुनाउदै गायक राईले भने–‘अहिलेको समयमा म्युजिक भिडियो बिल्कुलै नयाँ किसिमको हुन जरुरी रहेछ । दर्शकहरुले सो गीत यो किसिमले मनपराउछन् भन्ने सोचेको थिइन । त्यसैले अब यो आज रेकर्डिङ भएको गीतलाई पनि बिल्कुलै नयाँ ढंगमा निर्देशन गरिदैछ’, गायक राईले बताए ।
पहिलो एल्बमको पहिलो म्युजिक भिडियो ‘यो आखाले ताकेको’मा सन्दिप, शिशिर, लुनिभा, वर्षा र मामाको भुमिका स्वयम गायक मोहन राईले गरेका छन् । यस म्युजिक भिडियोमापनि गायक स्वयम आफै देखिदैछन् । यस गीतमा विनोद खम्बुको संगीत तथा टिका चाम्लिङको शब्द रहेको छ ।

[gss ids=”5368,5369″]

प्रतिक्रिया