
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र ४ बिहिवार। आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो।
यस ट्रेलरलाई दर्शकले ओएसआर युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। ४मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाईको माया पर्दामा देख्न सकिन्छ। अटिजम भएकी दिदीको माया र भाईको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ।
अटिजम भएकी छोरीलाई बाउले स्कुल भर्ना गर्दा उसलाई जिस्क्याउछँन्। जिस्क्याएपछि कुट्छिन्। त्यसपछि उनलाई अनेक लान्छना लगाउँछन्।
नीता ढुङ्गानाकै निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।
फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
यसअघि यो फिल्मको ´नाै तुनाको रेल,´दिदीभाई` बोलको गीत रिलिज रिलिज भएको थियो। यस फिल्मका गीतमा बाबुल गिरी,अशोक दर्जी,रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका छन्। बाबुल गिरी कै शब्द रचना तथा संगीत रहेको छ। साथै यस फिल्मका शब्द रचना हर्क साउद,संगीतकार दीपक शर्माको संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्।
प्रतिक्रिया