Bisal Chautari Logo

शंकरले ल्याए हिन्दी एल्बम ‘यादें’

- ७ माघ २०७०, मंगलवार १५:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ७ माघ ।
विगत ७ वर्ष देखि अष्ट्रेलियामा बस्दै आएका शंकर लामिछनेले चचिर्त भारतीय गायक गायिकाको आवाजमा तयार पारिएको हिन्दी गिति एल्बम ‘यादें’लाई बजारमा ल्याएका छन् । लामिछानेको एकल शव्द र संगितमा रहेको एल्बममा सात गीत समाबेस रहेका छन् ।
एल्वमका गित केहि महिना अघि भारतीय चचिर्त गाएक कैलाश खेरको स्टुडियो ‘कैलशा’मा शान, जावेद अलि, महालक्ष्मी, अमन सिन्हा, आवास जोशी को आवाजमा रेकर्ड गरीएको थियो । उक्त गितहरु मध्य ‘यादे’को म्यूजिक भिडियो भारतमा नै निमार्ण गरिएको छ, भने अन्य गितको म्यूजिक भिडियो केहि महिना अघि छायाङकन गरिसकिएको कुरा जानकारीमा आएको छ । म्यूजिक भिडियोमा अन्य कलाकारहरुका साथ स्वयं लामिछानेलाई समेत पाउन सकिन्छ । उनले यस अघि चलचित्र ‘किन लाग्छ माया’मा समेत अभिनय गरेका छन् । ‘ए नेपाली हो’ नामक छोटो चलचित्र समेत चर्चामा छ । यति मात्रै नभएर उनले आधा दर्जन जति तीजका लोक दोहोरी एल्बमहरु पनि बजारमा ल्याएका छन् । भविष्यमा नेपालमै आएर केहि गर्ने सोच बनाएका शंकर अर्को एउटा नेपाली गितको तयारीमा आज भोली व्यस्त छन् । उनले यस अघि चलचित्र किन लाग्छ माया मा समेत अभिनय गरेका छन् भने बाल कृष्ण समको उपन्यास बोक्सी मा समेत काम गरेका छन् । बोक्सीले सन् २००९ सम्म बनेको डिजिटल फिल्महरुमा एवार्ड समेत प्राप्त गरेको थियो । ए नेपाली हो नामक छोटो चलचित्र समेत चर्चामा छ । यति मात्रै नभएर उनले आधा दर्जन जति तीजका लोक दोहोरी एल्बमहरु पनि बजारमा ल्याएका छन् । भविष्यमा नेपालमै आएर केहि गर्ने सोच बनाएका शंकर आर्काे एउटा नेपाली गितको तयारीमा आज भोली व्यस्त छन् । अवसर पाए भने नेपाली कलाकारहरुले पनि बलिउडका संगितसँग प्रतिष्पर्धा गर्न सक्ने र हाम्रो नेपाली संगित पनि कसैको भन्दा कम नहुने बताए ।

प्रतिक्रिया