Bisal Chautari Logo

खोटाङ्गे दर्शकले रोइ–रोई हेरे ‘झोला’

- २० भाद्र २०७१, शुक्रबार १७:५६ मा प्रकाशित


jhola nepali movie in khotang
विशाल चौतारी समाचार
खोटाङ २०७१, भाद्र २० शुक्रबार । खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको चलचित्र ‘झोला’को च्यारिटि शोमा दर्शकको बाक्लो घुइचो लागेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा भएको एक दिने च्यारिटि शो दर्शकको बाक्लो भीड र मागका कारण तीन दिन लम्व्याइएको छ ।jhola nepali movie in khotang गत सोमबारकालागि आयोजना गरिएको एक दिने च्यारिटि शो दर्शकको भीडका कारण बुधबार सम्मकालागि लम्ब्याइएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका कोषाध्यक्ष एबं च्यारिटि शो व्यवस्थापन समितिका संयोजक डिएम चामलीङले बताए । स्थानीय मुभीलेण्ड हाइभिजन हलमा आयोजना गरिएको झोलाको च्यारिटि शो दैनिक बिहान, दिउसो र बेलुका तीन शोमा देखाउने व्यवस्था मिलाइएको छ । चलचित्रको च्यारिटि शोकालागि चलचित्र झोलाका निर्माता रामगोपाल थापा सहित तीन सदस्यीय टोली खोटाङ पुगेका छन् ।
साहित्यकार कृष्ण धाराबासीको कथा ‘झोला’मा आधारित चलचित्र झोला हेर्न हलमा जिल्लामा अहिलेसम्मकै बढि भीड लागेको छ । च्यारिटि शो जिल्लाका महिला चेलीबेटीलाई लक्षीत गरिएको भएपनि चलचित्र हेर्न सबै उमेरका दर्शकको उपस्थिति रहेको छ । सती प्रथामा आधारित चलचित्र झोला हेर्नकालागि गाउा–गाउाबाट केटाकेटी, युवायुवती देखि बुढापासम्म हलमा आएका छन् । सुरुका दिन झोला हेरेका दर्शकले छिमेकी र आफन्तलाई पनि झोला हेर्न पठाएपछि हलमा थेगीनसक्नु भीड लागेको महासंघले जनाएको छ । फिल्म हेरेर घर आएका आफन्तले झोला हेर्न सुझाव दिएपछि हल खोज्दै आएकी नुनथलाकी उमा तामाङले बताए । आयोजक नेपाल पत्रकार महासंघका अनुशार कतिपय दर्शकले तीन पटकसम्म दोहोर्‍याएर झोला हेरेका छन् । परिवारमा झोला हेर्न लायक चलचित्र भएको चर्चा चलेपछि लठ्ठीको साहरामा दिक्तेलकी ७४ वर्षीय धनकुमारी लयालु पनि झोला हेर्न हल पुगेकी थिइन् ।
च्यारिटि शोको तीन दिनको अवधिमा जिल्लाका ५ हजार बढि दर्शकले झोला हेर्ने अनुमान गरिएको कोषाध्यक्ष चाम्लिङले बताए । हलको क्षमता अनुशार दैनिक पन्ध्र सय बढि दर्शकले झोला हेरिरहेको महासंघले जनाएको छ । ‘झोला’ समाज रुपान्तरणकालागि सघाउ पुर्‍याउन उत्कृष्ट चलचित्र भएकाले च्यारिटि शोको आयोजना गरिएको महासंघका सह–सचिव केदार मगरले बताए । दर्शकका कारण लम्बिएको च्यारिटि शो बुधबार सााझ समापन गरिने छ । झोला हेर्न आएका दर्शकको उपस्थितिले चलचित्र निर्माता थापाललाई थप उत्साहित बनाएको छ ।

प्रतिक्रिया