Bisal Chautari Logo

खोटाङमा लुटपाटमा संलग्न पाँच युवा पक्राउ

- १७ भाद्र २०७१, मंगलवार १५:३६ मा प्रकाशित


khotang news-2014????????????????????
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, भाद्र १७ मंगलबार । पसल लुटपाट गर्नमा संलग्न रहेको आरोपमा खोटाङका पाँच युवा पक्राउ परेका छन् । सदरमुकाम दिक्तेलस्थित बसपार्कमा किराना पसल गर्दै आएका रत्नप्रसाद आचार्यको पसल लुटपाट गरेको आरोपमा स्थानीय सरोज राई, सन्देश राई, प्रेम विश्वकर्मा, दिनेश विश्वकर्मा र सरोज आचार्य पक्राउ परेका हुन् ।
उनीहरुले शनिबार राती आचार्यको पसल फोरेर १८ कार्टुन तोरीको तेल, ११ कार्टुन ड्यु, दुई बोरा अन्दाज चामल, दश कार्टुन फ्रुटी, सात कार्टुन रमपम चाउचाउ र नगद एक हजार दुई सय रुपैयाँ लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङको मुद्धा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताए । उनले भने–‘उनीहरुले लुटेर लगेको सामाग्री लुकाएर राखेको अवस्थामा फेला परेको छ ।’ राती आफूहरु सुती सकेको समयमा ढोका तोडेर लुटपाट गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेको आचार्यको भनाइ छ । आचार्यका अनुसार उनीहरुले यसअघि पनि विभिन्न ठाउँमा लुटपाट गर्ने गरेका थिए ।
यसबारे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले भने–‘उनीहरुको समूह हेर्दा डाका समूह जस्तो देखिन्छ तर, ठूलो घटना नभएकाले चोरी मुद्धा अन्र्तगतको कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।’

प्रतिक्रिया