
बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ माघ २५ आइतवार। अभिनेता अकाश श्रेष्ठ पछिल्लो समय सिनेमा भन्दा म्युजिक भिडियोमा ब्यस्त छन् । उनी अन्तिम पटक गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि उनी रुपेश तामाङ निर्देशनमा निर्माण हुने एक अनटाइटल सिनेमा अनुबन्धित भएका थिए ।
तर, यसबीचमा उनका हप्तै पिच्छे नयाँ म्युजिक भिडियो रिलिज भैरहेका हुन्छ । त्यसमा पनि अधिकांश भिडियोमा उनको जाडी अभिनेत्री समेत रहेकी करुणा श्रेष्ठसँग बाँधिएको हुन्छ । यही जोडीको नयाँ म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा सुरज राज खत्रीको शब्द रचना, कम्पोज र स्वर रहेको छ । भिमफेदी गाइजका निर्मल कुमार लामाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा आकाश र करुण रोमान्टिक अवतारमा नृत्य गर्दै गरेको अवस्थामा देखिएका छन् ।
आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका अडियो निर्माता किरण आले मगर हुन् । प्रवेश खत्री प्रोजेक्ट म्यानेजर रहेको गीतलाई पवन सुस्लिङले खिचेका हुन् । यो गीतको भिडियोको सम्पादन र कलर पनि पवनले नै गरेका छन् ।
प्रतिक्रिया