Bisal Chautari Logo

मदन ढकालको ‘मुग्लिङ’ गीतमा बले कक्रोज देखी सुनिशा, जुनुसम्म

- २० माघ २०८२, सोमबार २३:३६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ माघ १९ सोमवार।
गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा ‘मुग्लिङ’ बोलको गीतको भिडियो सार्वजनकि गरिएको हो । गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ । एरेन्ज आशिष अबिरलले गरेका हुन् ।

गीतको भिडियोमा चर्चित चार कलाकारको दमदार नृत्य देख्न सकिन्छ । मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ भने गायक मदन स्वमले पनि अभिनय गरेका छन् । सागर, हरिश र जुनुको दमदार नृत्यले भिडियोलाई आकर्षक बनाएको छ । जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन् ।

गीतबारे गायक मदन भन्छन्, ‘यसपटकको गीत डान्सिङ हो, सबैको मनमा बस्नेछ भन्नेमा ढुक्क छौं, सबैको मिहिनत उत्तिकै छ र भिडियोमा कुनै कमि हुन दिएका छैनौं, सायद दर्शक, स्रोताले अडियो र भिडियोमा कुनै कमि पाउनुहुन्न होला ।’ गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया