Bisal Chautari Logo

राष्ट्रकविले ‘ठूली’ हेरेपछी भने– ‘चलचित्रले नारीको समाजिक कथा बोकेको छ’ (फोटो फिचर)

- १६ भाद्र २०७१, सोमबार १८:४७ मा प्रकाशित


Thooli Nepali Film 2014
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, भाद्र १५ सोमबार । दुई हप्ता पहिला रिलिज भएको चलचित्र चलचित्र ‘ठूली’ यतिबेला देशभरका विभिन्न हलहरुमा चलिरहेको छ । यस्तै क्रममा आज काठमाडौमा वरिष्ठ ब्याक्तित्व तथा पत्रकारहरुलाई चलचित्र देखाइएको थियो । चलचित्र हेर्न पुगेका राष्ट्रकवी माधव प्रसाद घिमीरेले समाजकै पुरुषहरुको दमनमा परेका नारीहरुको कथा समेटेको बताए । राष्ट्रकवी घिमिरेले भने –‘यो सिनेमाले समाजमा केही सकारात्मक परिवर्तन ल्याउने छ ।’ त्यस्तै चलचित्रमा बाल कलाकारको रुपमा कञ्चन ठकुरीले गरेको अभिनय एकदमै मनपरेकोपनि राष्ट्रकवी घिमिरेले बताए ।Thooli Nepali Film 2014
निर्माण युनिटले नै नारी प्रधान भनेको यो चलचित्रमा अभिनेत्री गरिमा पन्त दमनमा परेकी नारीहरुको उद्यार गर्ने प्रतिनिधी पात्रको रुपमा देखिएकी छिन् । चलचित्रमा पश्चिम नेपालका विभिन्न जिल्लामा भित्रभित्रै जरो गाडेर रहिरहेको ‘वादी समुदायको ‘देह व्यापार’को अवस्था र त्यसबाट पीडीत महिलाको कथा पनि चलचित्रमा समेटिएको छ । चलचित्रका निर्देशक एभ्रेष्ट सुर्य बोहराले बताए अनुसार विशुद्ध सामाजिक कहानीलाई समेटिएको यो चलचित्रमा गरिमासँगै जीवन लुईंटेल, रिजु श्रेष्ठ, बाल कलाकार कञ्चन ठकुरी निर्देशक एभरेष्ट सुर्य वोहरा स्वयंमले पनि मुख्य अभिनय गरेका छन् । नेपालमा प्रदर्शनमा आएसँगै छिट्टै अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शनमा आउँदैछ ।

[gss ids=”5269,5266,5264,5270,5274,5268,5267,5271,5265,5263,5272″]

Nepali Film “THOOLI”

Cast: Garima Panta,Jeewan Luitel,Riju Shrestha,Evrest Surya Bohara Etc.
Music: Bashanta Sapkota
Lyric: Evrest Surya Bohara
Camera : Sher B Lama
Editor: Mitra Dev Lama
Producer: Puskar Panta
Director:Everest Surya Bohara

प्रतिक्रिया