Bisal Chautari Logo

‘भाईरल गोर्खे’को ट्रेलर २ : गोर्खे लाइभ सार्वजनिक

- ४ माघ २०८२, शनिबार २२:२८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ माघ ३ शनिवार।
 गत माघ १ गते माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘भाईरल गोर्खे’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसैबीच, निर्माण टिमले ‘ट्रेलर २ : गोर्खे लाइभ’ सार्वजनिक गरेको हो । सिनेमाको २ मिनेट १६ सकेण्ड लामा यो ट्रेलरमा अभिनेता सौगात मल्ललाई टिकटक लाइभ गरिरहेको अवस्थामा देख्न सकिन्छ ।

यो ट्रेलरको रोचक पक्ष भने सौगातको लाइभमा जोडिएर अर्का अभिनेता जयकिसन बस्नेलले सौगातलाई कमजोर नहुन भन्दै सम्झाई रहेको देख्न सकिन्छ । यसले दर्शकमाझ अझै उत्साह थप्ने विश्वास निर्देशक निगम श्रेष्ठको छ । सिनेमा हलमा रिलिज भैसकेपछि दर्शकको ध्यान खिच्न गोर्खे लाइभ ट्रेलर सार्वजनिक गरिएको निर्माण टिमले जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’को रोचक ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो सिनेमाले आफ्नो निर्देशकिय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहाना पुरा गर्ने विश्वास व्यक्त गर्छन् । समसामयिक र घर-घरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।

प्रतिक्रिया