Bisal Chautari Logo

‘नेपाली तारा’को खोजी धरानबाट||काठमाडौमा तिनदिन अडिसन चल्ने

- १० भाद्र २०७१, मंगलवार १६:४१ मा प्रकाशित


nepali tara season-3nepali tara season-3 (2)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १० मंगलबार । नेपाली रियालिटी शो जगतकै सबैभन्दा ठुलो बजेटको सांगीतिक रियालिटी शो ‘कोका–कोला नेपाली तारा–३’ को अडिसन १७ भदौबाट धरानदेखि सुरु हुने भएको छ । नेपालभरबाट गायन प्रतिभा खोज्ने उद्देश्य अनुरुप सुरु गरिएको यो ‘नेपाली तारा’ तेस्रो संस्करण हो । धरानपछि अन्य सहरहरुमा पनि अडिसन हुने आयोजकले बताएको छ ।nepali tara season-3 (1)
आयोजकका अनुसार धरानपछि भदौ १९ मा चितवनको भरतपुर, २१ मा बुटवल र २३ गते पोखरास्थित पृथ्वीचोकमा अडिसन लिइने छ । उपत्यका बाहिर सकिएपछि भदौ २६ गते भक्तपुरको दरबार स्क्वायरमा अडिसन हुने छ भने काठमाडौंमा तीन दिन २८, २९ र ३० भदौमा अडिसन हुने जनाइएको छ । काठमाडौंमा सहभागी हुनेको संख्या धेरै हुनसक्ने भन्दै तीन दिन अडिसन लिन लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा वरिष्ठ संगीतकार प्रकाश गुरुङ, सुरेश अधिकारी र गायक रामकृष्ण ढकाल, जेम्स प्रधान, राजन इसान अडिसन राउण्डको निर्णायक रहने भएका छन् । यस प्रतियोगितालाई दोस्रो नेपाली तारा दोस्रो संस्करणका विजेता सन्तोष लामा र पहिलो संस्करणका रनरअप धर्वेन्द्र सेवानले सञ्चालन गर्नेछन् । अडिसन राउण्डको पहिलो तीन एपिसोड नेपाल टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।

प्रतिक्रिया